निर्णय नं. २९६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६८ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/०६ २४६४ निर्णय नं. २९६८ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नं. १६६९ विषय : उत्प्रेषण निवेदक : जि. सुनसरी मेघली गा.पं वार्ड नं. २ बस्ने सुदीदेवी थरुनी विरुद्ध विपक्षी : जि.भु.सु.का. सुन्सरी। जि.सुन्सरी मैथली गा.पं.वार्ड नं.२ बस्ने ढोडनदास थारु। आदेश भएको मिति : २०४३।१०।६।३ मा § मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरू मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाः x आदेश न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर यस प्रकार छ । २. जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १० निवासी जग्गाधनी कुमार शमशेरका नाउँमा दर्ता भएको जि.सुनसरी मथेली गा.पं. वार्ड नं. २(ङ) को कि.नं. ७६ को ज.वि. ६–४–४ जग्गाको अधिकार प्राप्त मोही निवेदकको पति स्व. उजरुदास थारु हुनुहुन्थ्यो । सो जग्गा स्व.पतिदेवले अवछिन्न रुपमा आमोद कमोद गरी आउनु भएकोमा २०३२ सालमा पति परलोक हुनु भयो । वहाँको शेषपछि एका घरकी श्रीमती निवेदिकले कमाई कानूनको शर्त बन्देजमा रही पति उजूरुदासको नामबाट जग्गाधनीलाई अद्यापी कुतबाली बुझाएकी छु पतिदेवको शेषपछि निवेदकले मात्र कमाएको तथ्यले पनि सो जग्गाको मोही विपक्षी नभएको प्रष्ट हुन्छ । उल्लेखित जग्गा २०३२ सालमा पतिदेवको निधनपछि एकाघरको धर्मपत्नी म निवेदिकाले भू.सं. ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहीको नामसारी गरिपाउँ भनी भू.सु.का. सुनसरीमा मिति २०४१।११।१० को स्थानीय मघेली गा.पं. को सिफारिश साथ राखी निवेदन दिएको थिएँ । विपक्ष मध्येका ढोडनदासले सो जग्गाको मोहियानी प्रमाणपूर्जा दाजु उजरुदासले प्राप्त गरे पनि हामी एकासगोलका सबै परिवारले कमाई आएको र भू.सु. लागु हुँदा मोहीले भर्नुपर्ने अनुसूची कैफियतमा सो व्यहोरा उल्लेख भएको हुँदा उक्त जग्गामा म समेतले कमाई स्व.उजरुको नामबाट सालसालै कुतबाली बुझाएको हुनाले कि.नं. ७६ को ज.रो ६–४–४ मध्ये दक्षिणतर्फबाट २–४–० र कि.नं. १०६ को ज.वि. ०–७–० समेत जम्मा ज.वि. २–१०–० जग्गा मैले मोहीको हैसियतले कमाई आएको हूँदा मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन विपक्षी भू.सु.का. सुनसरीमा दिनु भएछ । ३. विपक्षी भू.सु.का. सुनसरी र यसपछि कार्यालय भनिएकोले बुझ्नु पर्ने प्रमाणलाई उपेक्षा गरी स्व.उजरुदास समेत ३ परिवारका नाउँमा संयुक्त प्रमाण कार्यालय स्थित रहेको ३ नं. बाट देखिएकोले उक्त जग्गा मा तीनैजना मोही भएको स्पष्ट हुँदा उजरुदासको हक जति निवेदिका सुदीदेवीको नाउँमा सुमकलालको कुनै निवेदन नपरेकोले निजको भाग पनि सुदिदेवी र सुमकलालको नाउँमा संयुक्त प्रमाण पूर्जा बनाई दिने र ढोडनको हकमा अकली थरुनीको नाउँको मघेली गा.पं. वार्ड नं. २ को कि.नं. १०६ को ज.वि. ०–७–० र कुमार शमशेर थापाको नाउँको कि.नं. ७६ को ज.वि. ६–४–४ मध्ये दक्षिणतर्फबाट दामासाहीले पर्न आउने जति जग्गामा दामासाहीले बेग्लै पूर्जा बनाई दिने गरी भू.सं. ऐन, २०२१ को दफ