निर्णय नं. २९६९ - ठेक्काको बाँकी रकम दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९६९ - ठेक्काको बाँकी रकम दिलाई पाउँ भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/०८ २२२१ निर्णय नं. २९६९ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको दे.पु.नं. ५७५ मुद्दा : ठेक्काको बाँकी रकम दिलाई पाउँ पुनरावेदक/प्रतिवादी:जि.रुपन्देही पजरकटी गा.पं. वार्ड नं.१ घर भै हाल सिद्धार्थनगर पञ्चायत वार्ड नं. ६ लुम्बिनी रोड गल्लामण्डी बस्ने बलिकरण यादव। ऐ.पजरीकटी गा.पं. वार्ड नं.६ बस्ने पारस नाथ कान्दु बानिया। ऐ.ऐ वार्ड नं. ६ बस्ने मगंल अहिर। विरुद्ध विपक्षी/वादी: रुपन्देही जिल्ला पञ्चायतका सभापति केशव लम्साल फैसला भएको मिति : २०४३।१०।८ मा § वादीले दावी गरेको चौथो किस्ता मध्ये बाँकी रु. १,१३,५५४।२५ मध्ये डिपोजिट राखेको रु. ३२,७७७।– सम्म प.क्षे.अ.ले कट्टा गरी प्रतिवादीले चौथो किस्ता वापत रु. ३४,०००।– दाखिल गरेको प.क्षे.अ.ले कटाएको देखिन नआएको हुँदा वादीले प्रतिवादीबाट उक्त रु. ३४,०००।– कट्टा नगरी सो रकम समेत भराउने ठहर्याएको प.क्षे.अ.को निर्णयसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाटःx उल्लेखित मुद्दाःx फैसला न्या.बब्बरप्रसाद सिंह:- पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।५।५ को फैसलामा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी बलीकरण यादवले यस जिल्लाको नगरपञ्चायत क्षेत्र र १६/३६ जो जोगी कुटी तपहा कूलो बाहेक रुपन्देही जिल्ला भरिको सम्पूर्ण नदिनाला र अन्य उपलब्ध हुने सार्वजनिक ठाउँबाट बालु छर्री ढुंगा र बोल्डर निकाल्ने कामको लागि २०३७।४।१ देखि २०३८ साल आषाढ मसान्तसम्म वर्ष १ को लागि ६,५५,५५५।– मा ठेक्का सकार गरी सो ठेक्का सञ्चालन गर्न पट्टा पत्र उठाउनलाई प्रथम किस्ताको रु. १,६३,८८८।७५ दाखिल गरी बाँकी रुपैयाँको दोश्रो किस्तामा क्रमशः १,६३,८८८।७५ का दरले मिति २०३७।७।१ मा तेश्रो किस्ता २०३७।१०।१ गते चौथो किस्ता मिति २०३७।१२।१ गते भित्र दाखिल गर्ने बुझाउने गरी सो किस्ताको रकम वापत विपक्षी पारस नाथ कान्दु बानियाले हक दर्ताको जग्गा विगहा ५–१०–३ र मंगल अहिरले आफ्नो हक दर्ताको घर जग्गा समेत जेथा धन जमानी राखी दिन मञ्जूर भई सोही व्यहोराको कागज समेत गरिदिनु भई निज विपक्ष बलीकरण यादवले २०३७।४।२४ गते पट्टापत्र उठाउनु भई सम्पूर्ण अवधि सम्म ठेक्का भोगचलन गर्नु भएको छ । ठेक्का सञ्चालन गरी आउँदा दोश्रो किस्ताको रकम रु. १,६३,८८८।७५ आलटाल गरी मिति २०३८।१।२ मा बुझाउनु भएको र सोही दिन चौथो किस्ताको रकम मध्ये रु. ३३३।५० मात्र बुझाउनु भएको बाँकी रकम रु. १,६३,५५५।२५ बुझाउन ल्याउनु भनी ताकेता गर्दा ने.रा.बैं. मा यस जि.पं. सचिवालयको खातामा दाखिल गरेको भौचर अनुसार मिति २०३८।१।१६ गते रु. ४०,०००१। र मिति २०३८।२।६ गते रु. १०,०००।– मात्र बुझाउनु भएको र बाँकी रु. १,१३,५५४।२५ नबुझाएकोले बराबर ताकेता गर्दा पनि नबुझाई ठेक्काको सम्पूर्ण अवधि समाप्त भयो । बलीकरणले गरिदिएको कबूलियत कागज र पारसनाथ समेतले धन जमानी दिन मञ्जूर गरेको कागज अनुसार भए गरेको कबूलियत बमोजिम ठेक्काको चौथो किस्ताको रकम रु. १,१३,५५४।२५ नबुझाएकोले रुपन्देही जिल्ला पञ्चायतलाई क्षति पुग्न गएकोले मिति २०३८।४।२२ गतेको निर्णयले जि.पं. सभापति म केशव लम्सालमा अधिकार प्रत्यायोजन भएकोले विपक्षीहर