निर्णय नं. २९७० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९७० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/१४ २२६२ निर्णय नं. २९७० ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १९८६ विषय : उत्प्रेषण निवेदक : जि. सर्लाही कौडेना गा.पं. वडा नं. ९ बस्ने सिताराम साह तेली विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सर्लाही। जि.सर्लाही बिसनपुर गा.पं. हाल मलंगवा वार्ड नं.८ बस्ने केदार प्रसाद गुप्तको जाहेरीले वादी श्री ५ सरकार। आदेश भएको मिति: २०४३।१०।१४।४ मा § भूमिसुधार लागु भएका बखत ७ नं. फाराममा उमेर पुगेको भन्ने नदेखाएको र पेश भएको नागरिकताको प्रमाणपत्रबाट पनि सो बखत उमेर पुगेको नदेखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को उपदफा ४(ग) अनुसार १ परिवार मात्र मानिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विनितकुमार झा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःx आदेश न्या.बब्बरप्रसाद सिंह:- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छः २. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ८(१) बमोजिम मोहीको हैसियतले आफ्नो वा परिवारको नाममा ४ विगहासम्म राख्न पाउनेमा २०२२ सालमा भूमिसुधार लागु हुँदा विपक्षीको आफ्नो नाममा ३–१६–१४१⁄२ मोहीको हकमा २–४–० जग्गा उल्लेखित अनुसार एउटै परिवारमा समावेश हुने परिवार सदस्यहरू भएको कुरा निजले भूमिसम्बन्धी ऐन, २०२१ को नियम ३ बमोजिम भराई यसै कार्यालयमा दाखिल भएको र सो अनुसार अनुसूची २ प्रकाशित भएको आधारमा हदबन्दी देखिएको जग्गा कानून बमोजिम गरी बिक्री वितरण समेत हुन पर्नेमा हालसम्म सो नगरेबाट नियम १६ द्वारा म जग्गाधनीले पनि बिक्री वितरण मोही हदबन्दी जग्गा पाउने कानूनी अधिकारबाट वञ्चित रहनु पर्ने भएकोले मोही हदबन्दी भन्दा बढी जग्गाको बिक्री वितरणमा पाउँ भनी विपक्षी केदारप्रसाद गुप्ताले मिति ०४१।१०।२ मा भू.सु.का. सर्लाहीमा निवेदन दिनु भएकोमा भू.सु.का.मा मैले बयान गर्दा मेरो नाममा जम्मा जग्गा १–१७–९ र छोरा अमिरीको नाममा १–९–१५१⁄२ समेत जम्मा ३–७–२१⁄२ जग्गा सर्भे नापीमा कायम भएको र त्यसपछि अमिरीको नाममा ०–७–१४ र ०–५–२ छोरा विकाउको नामा ०–९–४ समेत गरी हाम्रो परिवारमा ३–११–१५१⁄२ जग्गा आफ्नो छ र केदारप्रसादको नाउँको ०–१५–१११⁄२ र रामप्रसादको नाउँको ०–१३–७१⁄२ गरी जम्मा १–८–९ जग्गा मोहीको समेत गरी आफ्नो र मोहीको हैसियतबाट समेत गरी जम्मा जग्गा ५–०–१४१⁄२ छ र मेरो परिवारमा उमेर पुगेका म समेत बर्ष ३३ को अमिरी ७ बर्ष २१ को विकाउ र बर्ष १७ को रामकृष्ण समेत गरी चार परिवारले छौं भूमिसम्बनधी ऐन नियम अनुसार चार परिवारले १६ विगहा राख्न पाउनेमा हाम्रो जग्गा सो भन्दा घटी नै भएकोले छाड्नु पर्ने अवस्था छैन वादीले रिसइवीले झुठ्ठा उजूर गरेको हुँदा वादी दावीबाट फुर्सत गरिपाउँ भनी मिति २०४२।११।२ मा मैले बयान गरेकोमा ०४२।५।२८ मा विपक्षी भू.सु.का.बाट अनुशरण गरिएका त्रुटिपूर्ण निर्णयाधार निम्न छन् । (क) विपक्षीले उमेर पुगेका भनी परिवार देखाए तापनि भूमिसुधार लागु हुँदा ७ नं. फाराममा उमेर पुगेका नदेखाएकोले पेश भएको नागरिकताको प्रमाणपत्रबाट पनि सो बखत उमेर पुगेको नदेखिएकोले भू.सं. ऐन, २०२१ को दफा २(क) को उपदफा ४(ग) अनुसार एक परिवार मात्र मानिन्छ । (ख) समुद्रदेवी यादवनी वि.भू.सु.का. सर्लाही समेत भएको २०३९