निर्णय नं. २९७१ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९७१ - खुन डाँका भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/१८ २४४६ निर्णय नं. २९७१ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं. ३५१ मुद्दा : खुन डाँका पुनरावेदक/वादी : श्यामकुमार रानाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि. कपिलवस्तु खुर्दाबागर गा.पं. वार्ड नं.5 घर भै खुर्दावगर गा.पं. ९ महादेवा बस्ने हरिवंशमणी त्रिपाठी। ऐ.खुदर्वा गा.पं. वार्ड नं.१ महदेइया बस्ने हदीस मुसलमान। भारत घर भै जगेठी गा.पं. वार्ड नं.८ कटुवा मौजामा कृष्णमान सेरचनको कारिन्दा काम गर्ने सिद्धि श्री प्रसाद भन्ने सिद्धिश्वरी प्रसाद दुवे। फैसला भएको मिति: २०४३।१०।१८ मा § सनाखत गराउँदा अ.बं. १७३ नं. अनुसार सनाखत गराएको समेत देखिन आउँदैन । शंकाको भरमा कुनै व्यक्तिलाई अपराधी ठहराउनु हुँदैन शंकाको सुविधा प्रतिवादीले पाउँछन् वादी पक्षले आफैं हिरासतमा राखी गराएको विवादास्पद बयान निजहरूको विरुद्धमा प्रमाण लिन मिलेन तसर्थ शंकारहित स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादीहरूले नै खुन डाँकाको वारदात गरे भन्ने ठहर्न आएन । (प्रकरण नं. २०) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट प्रत्यार्थी/प्रतिवादी तर्फबाटःx उल्लेखित मुद्दाःx फैसला न्या.बब्बरप्रसाद सिंहः- पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।११।१६ को फैसलामा चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त विवरण एवं ठहर निम्न अनुसार छ । २. २०३४।६।२९ गतेको रात अं. ११ बजेको समयमा बन्दुक लाठी लिएका अं. १०।११ जना डाँकाहरू आई बन्दुक फायर गर्दै आमा मिमादेवीलाई कुटपिट गरी रहेको देखी कोदालाले हानेपछि डाँकाहरूलाई लाग्न गई डाँकाहरूको लाइट खस्यो । लाइट लिई हेर्दा भरुवा बन्दुक लिई अमृते घर्तिमगर नरजीत बुढामगर पनि आएका रहेछन् । बन्दुक फायर गर्दा म भागी गोहार माग्न गएँ । हर्कलाल बुढाको घरबाट खुकुरी लिई मेरो घरको छेउमा बसिरहेको अवस्थामा मारो साले पहाडियाको भन्ने आवाज र डाँकुहरूले बालेको लाइटबाट हितमान सुब्बाको खानदानमा काम गर्ने सिद्धि श्रीप्रसाद दुवेलाई चिन्हे अरुलाई चिन्न सकिन पछि घरमा जाँदा भाउजूको माडवारी बुलाकी समेत लिएछन् मद्दतमा आएको हिरासिंह घर्तीमगर बुबा कृष्णबहादुर राना अमृत घर्तीमगर नरजीत बुढामगर समेत जना ४ लाई बदमासहरूले मारेका रहेछन् मेरो भिनाजुको तपसीलमा लेखिएको बिगो रु. ७३,३६४। को धनमाल डकैती गरी लगे । सिद्धि श्रीप्रसादले तपाइको लाखौं रुपैयाँ सालमा हुन्छ के गर्नु हुन्छ भनी सोध्ने गरेको र गएको आषाढ महिनामा निजले रु. ३५। मा तीन सेलको लाइट किनी मलाई देखाएका थिए पछि श्रावण महिनामा एकदिन अँध्यारो भएकोले सो लाइट मलाई दिएका थिए दुई दिनपछि फर्काई दिएको हुँ । सो लाइटको पछाडी पट्टि रिङमा खिया परेको थियो सो कुरा मलाई राम्रो संग याद छ । घटनास्थलमा सो लाइट फेला परेको र मौकामा सिद्धी श्रीप्रसादलाई चिनेको हुँदा निजलाई पक्राउ गरी निजबाट को को भई डाँका खुन गरेका हुन् खुलाई कारवाही गरी बिगो दिलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. कृष्णबहादुरको भुँडीमा छर्रा लागेको दाग भएको अमृत घर्तीको पेटमा दायाँपट्टि छर्राहरू लागेको नरजीत बुढामगरको छातीमा छर्राहरू लागेको र हीरासिंह घर्तीमगरको लाश हेर्दा बायाँ हातको औंलाहरू मध्ये बुढी औंला बाहेक अरु औंला काटेको