निर्णय नं. २९७३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९७३ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/२८ २४०१ निर्णय नं. २९७३ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको फौ.पु.नं. ६११।५८६।३९२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी: प्र.ह.रणबहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध पुनरावेदक/प्रतिवादी : जि. रुपन्देही मैनहिया गा.पं. वार्ड नं. ४ बस्ने बैजनाथ दुवे। ऐ.ऐ वार्ड नं.५ बस्ने गोविन्द प्रसाद उपाध्याय। फैसला भएको मिति : २०४३।१०।२८।४ मा § अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं. को १३, १४, १७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन नआउने । (प्रकरण नं. ३२) § कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै मृत्यु भएको कुरा मान्नु पर्ने अवस्था देखिन आएकोले प.क्षे.अ.ले भवितव्यमा ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब नै देखिने । (प्रकरण नं. ३२) § मुख्य ज्यानमारा भनी प्रहरी प्रतिवेदनमा अभियोग लगाइएको व्यक्तिलाई नै भवितव्यमा सजायँ गर्ने भएपछि १७(१) को दावी प्र.लाई लगाउन सकिने अवस्था नै विद्यमान हुँदा र प्र. आफैं गोलीको प्रहारबाट घाइते समेत भएको मिसिल संलग्न कागजबाट देखिएको हुँदा निजलाई भवितव्यमा सजायँ गर्नु न्यायसंगत नहुने हुँदा निजले अभियोगबाट सफाई पाउने । (प्रकरण नं. ३२) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाः फैसला न्या.पृथ्वीबहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी तथा प्रतिवादी दुवै पक्षको पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. ०३६।१२।११ गते विहान ८ बजे वैजनाथ गोविन्दको गहुँ बालीको विषयलाई लिएर बन्दुक फायर हुँदा शास्त्रीबाबा भन्ने व्यक्तिलाई गोली लागी मरेकोले प्रतिवेदन गरेको छु भन्ने प्र.ह.रणबहादुरको ०३६।१२।११ को प्रतिवेदन । ३. ०३६।१२।११ गते विहान ८ बजे मेरो खेतको बाली लैजाने नियतले गोविन्दप्रसाद समेतका १५० जना जतिले लैजान लागेकोले रोकथाम गर्ने २५।३० जना व्यक्ति लिई जाँदा हामीलाई लाठी, ढुंगा, मुढा गरी लखेट्दा हामी भाग्यौं । गोविन्दले गरेको फायरले शास्त्री बाबालाई लागी मृत्यु भयो । मेरो पेटको दाहिनेतर्फ लालमनले हानेको गोली लाग्यो अपराध गर्ने अपराधीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम सजायँ गरिपाउँ भन्ने बैजनाथ दुवेको ०३६।१२।१४ को जाहेरी दर्खास्त । ४. ०३६।१२।११ गते विहान अं. ८ बजेको समयमा आफ्नो गहुँ बाली कटाई रहेको अवस्थामा वैजनाथ दुवे समेतका २०।२५ जना आई कुटपिट गर्न थाले । शिवु मुरतले मेरो घरमा गई बन्दुक लिएर आई पुग्नासाथ वैजनाथ समेत तीनजना व्यक्तिले फायर गर्न शुरु गरे । वैजनाथको हातको बन्दुकको फायरबाट शास्त्रीबाबालाई गोली लागी मृत्यु भयो । म घाइते भएँ । मैले बन्दुक लिएको थिइन भन्ने समेत व्यहोराको गोविन्दप्रसाद उपाध्यायले प्रहरी समक्ष ०३६।१२।१५ मा गरेको कागज । ५. घटनाको सबै विवरण ०३६।१२।१४ को निवेदनमा दिएको छ । मलाई फसाई आफू बच्नको लागि गोविन्दले झुठ्ठा बयान गर्नु भएको हो । गोविन्दको फायरबाट शास्त्रीबाबा मरेको मेरै आँखाले देखेको हुँ म घाइते समेत भएको छु । मेरो हातमा बन