निर्णय नं. २९७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९७६ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/२५ २७२३ निर्णय नं. २९७६ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर १५८१ विषय : उत्प्रेषण रिट निवेदक : सिराहा जि. चिकना गा.पं. वार्ड नं. १ बस्ने वासुदेव ढडिया यादव विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, भू.सु.का. सिराहा। जि.सिराहा गा.पं. भोक्राह वार्ड नं. ६ बस्ने खगेश्वर साहू सुडी। ऐ.ऐ बस्ने शिवलाल साहू सुडी। आदेश भएको मिति : २०४३।१०।२५ मा § कुनै पनि न्यायिक तथा अर्ध न्यायिक निकायले आफूले निर्णय गर्दा वादी प्रतिवादीबाट पेश हुन आएको सबूद प्रमाणहरूको मूल्यांकन गरी निर्णय आधारहरू खुलाउनु पर्दछ । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःx आदेश न्या. हरगोविन्द सिंह प्रधानः. नेपालको संविधान धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।५।२७।५ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. हाल सर्भे नापीमा कायम भएको सिराहा जिल्ला चिकना गा.पं. वार्ड नं. १ कि.नं. १३१ को ज.वि. ०–६–१२ जग्गा साविक जग्गाधनी विपक्षी खगेश्वरको पिता शिवलाल साहूकै पालादेखि मैले कमाउँदै आएको र भू.सु. लागु हुँदा तत्काल ज.ध. शिवलालको नाम देखाई १ नं. लगत भरी ४ नं. जो.अ.नि. प्राप्त गरी २ नं. अनुसूची प्रकाशित भई अन्तिम रुपमा रहेकोे छ । उक्त जग्गाको खगेश्वरले बाली बुझिलिए पनि भर्पाई नदिई ०३७।११।९ मा मलाई जग्गा जोत्न नदिई मोही बेदखली गर्नु भएकोले उक्त जग्गाको मोही प्रमाणपत्र बनाई मोही बेदखली गरेमा सजायँ समेत गरिपाउँ भन्ने भू.सु.का. सिराहामा मेरो उजूरी पर्यो । ३. यी वासुदेव ढडिया मेरा मोही होइनन् । अघि पिता शिवलाल सुडीको नाउँमा दर्ता भएको उक्त जग्गा अंशबण्डा बमोजिम मेरा नाउँमा दर्ता कायम छ । फिल्डबुकमा शिवलालको जोताहा जनिएको छ । ४ नं. जो.अ.नि. रीत पूर्वकको छैन । विपक्षी मोही भएको भए फिल्डबुकमा लेखाउनु पर्ने भर्पाई हुनु पर्ने सो केही पेश गर्न नसकेकोले विपक्षी मेरो मोही होइनन् भन्दै व्यहोराको विपक्षीको प्रतिउत्तर जिकिर । ४. वादी दावी बमोजिम जग्गाको क्षेत्रीय किताब उतारबाट किसानको महलमा शिवलाल साहू सुडी देखिनुको साथै वादी दावी बमोजिमको ४ नं. जो.अ.नि. शिवलाल साहू सुडीले प्राप्त गरेको समेत देखिन्छ । साथै गा.पं. निर्दानाको पत्र समेतको आधारमा वादी दावी बमोजिमको जग्गामा दावी पुग्न नसक्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने भू.सु.का. सिराहाको मिति ०४२।२।६ को निर्णय । ५. भूमिसुधार लागु हुनु भन्दा अगाडि देखि बटैयामा जोती कमाई आएको र भू.सु. लागु हुँदा १ नं. लगत भरी ४ नं. जो.अ.नि. प्राप्त गरी २ नं. अनुसूची प्रकाशित भई अन्तिम रहेकोमा सो कुराहरूलाई प्रमाणमा लिनु पर्नेमा प्रमाणमा नलिई कुनै मोहियानीमा मेरो दावी पुग्न नसक्ने गरी गरेको भू.सु.का.को निर्णयमा अ.बं. १८४, १८५, १८९ समेतको विपरीत छ । साथै मैले मोहीमा कमाउँदै आएको उक्त जग्गा शिवलालको नाममा दर्ता भएकोमा निजको छोरा खगेश्वर साहूको नाउँमा नामसारी दर्ता हुँदैमा मेरो मोहियानीमा असर पर्ने होइन अतः भू.सु.का. को मिति ०४२।३।६ को निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(क) समेतको प्रतिकूल हुँदा उक्त निर्णय उत्प्रेषणको