निर्णय नं. ८८३६ - कर्तव्यज्यान, ज.क. उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८३६ - कर्तव्यज्यान, ज.क. उद्योग भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०४/२४ ४९१२ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की २०६७-CR-०३८० फैसला मितिः २०६९।४।२४।४ मुद्दाः– कर्तव्य ज्यान, ज.क. उद्योग । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, बेलवारी गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय मोरङ्गमा थुनामा रहेका पूर्णबहादुर तिम्सिना विरूद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरू फैसला गर्ने : मा.न्या.श्री भरतप्रसाद अधिकारी पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री डम्बरबहादुर शाही § पीडितको पहिलेदेखि कै विभिन्न कार्य वा अभिव्यक्तिले प्रतिवादीलाई आवेश वा उत्तेजनामा ल्याउने पृष्ठभूमि तयार गरेको हुनसक्ने भए पनि पीडितले तत्काल उत्तेजना सिर्जना गर्नेहदसम्मको कुनै कार्य गरेको हुनुपर्दछ, जसको प्रतिक्रियास्वरूप प्रतिवादीले आफूलाई नियन्त्रण गर्न नसकेको होस् । यसबाट पीडितको कार्य (Provocative action) विगतदेखि हुँदै आएको (Cumulative) भए पनि सोको अन्तिम कडी तत्काल भएको हुनुपर्ने । § प्रतिवादीलाई उत्तेजनामा ल्याउने कार्य पीडितबाहेकका अन्य व्यक्तिको आचरण, कार्य वा अभिव्यक्तिको आधारमा भएको हुन नहुने । (प्रकरण नं.२) § सामान्यतया पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्दछ अर्थात् प्रतिवादी त्यस्तो आवेशमा आउने गरी निजलाई नै लक्षित गरी पीडितले कुनै कार्य गरेको हुनुपर्ने । § विशेष परिस्थितिमा स्वीकार गर्न सकिने अपवादको आधारमा पीडितको उत्तेजक कार्य प्रतिवादीप्रति नै लक्षित भएको हुनुपर्ने भन्ने सामान्य नियमको अनुचित विस्तार गर्नु मनासिब नहुने । (प्रकरण नं.३) § उत्तेजनामा ल्याउने गरी भएको पीडितको कार्य प्रतिवादीले आफ्नो मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गर्न सक्ने गरी उत्तेजक हुनु पर्दछ । पीडितको सामान्य कार्य वा भनाईको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजनामा आएमा उसलाई प्रतिरक्षा प्राप्त हुन नसक्ने । § प्रतिवादीकै परिवेश वा समान अवस्था र हैसियतको अन्य सामान्य समझ भएको व्यक्ति उक्त अवस्थामा प्रतिवादी सरह उत्तेजित हुन्थ्यो भन्ने कुरा वस्तुगत रूपमा स्थापित गर्न सकिने हुनुपर्दछ । यसबाट पीडितको उत्तेजक कार्य र प्रतिवादीको उत्तेजनाको बीचमा अनुपातिक सम्बन्ध (Proportional relationship) स्थापित भएको देखिनु पर्ने । (प्रकरण नं.४) § कानूनबमोजिम गरेको कार्यको प्रतिक्रियास्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजना वा आवेशमा आई पीडितलाई हानि पुर्‍याउँछ वा निजको ज्यान जाने कुनै कार्य गर्दछ भने त्यस्तो प्रतिवादीलाई अत्याधिक आवेशको प्रतिरक्षा प्राप्त हुन नसक्ने । § अरूको कानूनी हकको सम्मान गर्नु पर्ने कर्तव्य सबैले पूरा गर्नुपर्ने स्वाभाविक कानूनी अपेक्षा हुने भएकाले आफूलाई चित्त नबुझ्ने कार्य गरेको भन्ने आधारमा मात्र कानूनी कार्यको प्रतिक्रियास्वरूप भएको अत्याधिक आवेशलाई प्रतिरक्षाको आधार मान्न नसकिने । (प्रकरण नं.५) § उत्तेजक कार्य र यसको प्रतिक्रियात्मक कार्यको बीचमा अन्तराल भएमा सो अन्तरालले प्रतिवादीमा आएको आवेश शान्त गराउने (Cooling off) वा मनसाय तत्वको सिर्जना गर्ने (Creation of Intention) समय प्रदान गर्ने हुनाले यस्तो अन्तरालपछि पनि प्रतिवादीले पीडितमाथि आक्रमण गरेमा उसको यस्तो आक्रमक कार्यलाई