निर्णय नं. २९७७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९७७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/०५ २२९६ निर्णय नं. २९७७ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. १७४५ विषय : उत्प्रेषण निवेदक : जि. पाँचथर पौवासारताप गा.पं. वडा नं. ३ बस्ने नयन्द्रराज नेम्वाङ विरुद्ध विपक्षी : का.मु.शा.अ. जिल्ला कार्यालय भूमिसुधार शाखा, पाँचथर। जि.झापा बुधबारे गा.पं. वार्ड नं.१ बस्ने देवी प्रसाद फुयाल। आदेश भएको मिति: २०४३।१०।५।२ मा § ढीला गरी रिट क्षेत्रमा प्रवेश गर्नु पर्नाको मनासिब माफिकको कारण रिटनिवेदनमा उल्लेख नभएबाट रिट क्षेत्रबाट रिट निवेदकलाई केही मद्दत गर्न नसकिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःx आदेश न्या.महेशरामभक्त माथेमाः नेपालको संविधान धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन । २. रु. २,८००।– मा मिति ०२१।९।६ मा भोगबन्धकी पास गरी दिएको हालसम्म साहू आफैंले भोगी खानु भएको हुँदा खान पाउने आयस्ता भन्दा बढी खाई सक्नु भएकोले ऋण निश्चित साधन गरिपाउँ भन्ने विपक्षी देवीप्रसादको ०४१।८।१२ को निवेदन भएकोमा कीर्ते वारेसनामा खडा गरेका हुन उजूरीमा लेखिएको ५ कित्ता जग्गाहरू ०२५ सालमा पैरो लागी बाँझो छ । लिखतमा उब्जा लेखिएको भए तापनि ०२५ सालमा पैरोले बिगारी दिएबाट जे जो बुझ्नु पर्छ बुझी विपक्षीका झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मेरो बयान भएकोमा ०२५ सालमा जग्गा बिगारेको प्रमाण पेश गर्न नसकेको र वादी प्रतिवादी दुवैले २१ मुरी उब्जा हुन्छ भनी ०२१।९।६ मा भोगबन्धकी पारीत गरेको देखिँदा प्र.जिकिर हचुवा भएकोले भू.सं. ऐन, २०२१ को दफा ४४ बमोजिम आफ्नो हकभोगको प्रमाण पेश गर्नु पर्ने र पेश भएपछि ऋण हिसाब पेश गर्नु पर्ने पेश गर्ने मौका दिँदा कानून बमोजिम कारवाही भए मेरो मञ्जूर छ भनी कागज गरिदिएको पाइन्छ थप बढ छैन भनी बयान गरेको थैली रु. २,८००।– र उब्जा मकै २१ मुरी देखिएको सो उब्जाको आधा १० मुरी १० पाथी कायम गरी जिल्ला मोल निर्धारण समितिले सालसाल तोकेको दर भाउ अनुसार नगदीमा परिणत गरी ऋण तालिका खडा गरी हेर्दा कानून बमोजिम खान पाउने आयस्ता भन्दा बढी रु. १४,५९७।६४ खाएको देखिएकोले भू.सं. ऐन, ०२१ को दफा ४५ को खण्ड (घ) बमोजिम उक्त बन्धकी थैली रु. २,८००।– मा बढी आयस्ता खाएको रु. १४,५९७।६४ कट्टा गर्दा स्वतः ऋण साधन हुने ठहर्याई भु.सं. ऐन, ०२१ को दफा ५५ बमोजिम मिति ०४२।१।३१ मा निर्णय भएबाट असाधारणको अधिकार क्षेत्रको प्रयोग गराई माग्न आएको छु भन्ने रिटनिवेदन व्यहोरा र प्रस्तुत विवादमा देवीप्रसादको वारेसनामा कीर्ते हो भन्ने समेत बयान भएकोमा ऋण रकम निश्चित गर्दा कागज सद्दे कीर्ते छुटयाउनु पर्नेमा सो को निराकरण नै नगरी भएको निर्णयमा अ.बं. ८२।१८० र भू.सं. ऐन, ०२१ को दफा ४५(क) को प्रतिकूल निर्णय भएको छ साथै अ.बं. ७८ नं. बमोजिम पनि नभएको हुँदा ने.का.प. ०३० नि.नं. ७२९ प्रतिपादित कानूनी सिद्धान्तको समेत प्रतिकूल हुन गएको छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५३ अनुसार विशेष अदालत ऐन, ०३१ को दफा ४ र ६ बमोजिमको कार्य प्रणाली अपनाउनु पर्नेमा सरजमीन आदि बुझ्ने कुनै कार्य नगरी ने.का.प. ०२९ फु.बे.नि.नं. ६९७ मा प्रतिपादित सिद्धान्त र भू.सं. ऐन, ०२१ क