निर्णय नं. २६४४ - दाखेल खारेज बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६४४ - दाखेल खारेज बदर भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०२/२७ २१८४ निर्णय नं. २६४४ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.फु.नं. ७० फैसला भएको मिति : २०४३।२।२७।३ मा पुनरावेदक/प्रतिवादी : कपिलवस्तु मोतिपुर गा.पं.वडा नं.७ सीसहनिया बस्ने बसीर मिया विरुद्ध विपक्षी/वादी : ऐ.तौलिहवा गा.पं.वडा नं.४ तौलिहवा बजार बस्ने समसुल रंगरेज मुद्दा : दाखेल खारेज बदर (१) राजीनामा पास गरिपाउँ भन्ने नालिश परिरहेको अवस्था सो लिखत पारीत हुने ठहरी फैसला नहुँदै सो लिखतमा लेखिएको जग्गामा वादीको हक नपुग्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. प्रतिवादी मध्ये कविर मियाले मबाट रु.९,०००।– नौ हजार बुझी आफ्ना नाउँको गा.पं.मोतिपुर मौजे सिसहनिया मध्ये कि.नं.५६ समेतको जग्गा विगहा १।।३।२ जग्गा ०२९।६।१ मा घरसारमा मेरा नाउँमा राजीनामा लेखी दिएकोमा पारीत गरी नदिएमा मेरो फिराद परेकोमा भोगबन्धकी हो भनी प्रतिवाद गरेको र प्रतिवादी कविर मियाँले नं. ५१६ को जिमिदारी विगहा २।।।४।। मध्ये विगहा २द्र३ जग्गा प्रतिवादी मध्येका बसीर मियाँलाई २०२७।२।४ मा अ.खाँ मालबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी दिनु लिनु गरेको, सो जग्गा सर्भे नापी कि.नं. ७२ र कि.नं.२० भएको जुन कि.नं. दाखिल खारिज गरिपाउँ भनी वसिर मियाँले ०३०।२।१९ मा भू.प्र.का.क.व. मा दर्खास्त दिई कारवाही भएको थियो र कि.नं. ५६ को विगहा १।।२।१ जग्गा राजीनामा पारीत गराई पाउँनलाई मेरो नालिश परेको म प्रतिवादी कविर मियाँले ०३०।११।१ मा कविर मियाँ के घरद्वारमा प्र.बसिर मियाँसँग मिली मिलाई मेरो राजीनामा पास रहने गरी तपाइलाई २०२७।२।४ मा राजीनामा गरेको दाखिल खारेज गराउन तपाइको दर्खास्त समेत दिँदाको जग्गा कि.नं. ७२ र कि.नं. २० को जग्गा भए तापनि ०२९।२।५।५ मा मैले कि.नं.७२ को जग्गा आफैंलाई राजीनामा रजिष्ट्रेशन गरी सकेकोले सो समसुलको राजीनामाबाट कि.नं. ५६ को पूरै जग्गा १।।२।१ र कि.नं. १८ मध्ये विगहा ।।.।।४ जग्गा समेत ०२७।२।४।१ को राजीनामाको जग्गा हो भनी दर्खास्त दिई दाखिल खारेज गराई लिनुस, सो दाखिल खारेज गराई लिएपछि मेरा नाउँमा जग्गा दर्ता कायमै रहेको देखिन आउँछ र यस्तो स्थितिमा समसुलको राजीनामा रजिष्ट्रेशन हुन सक्दैन भनी वसिर मियाँसँग राय सल्लाहा गरी मुखको परिपञ्च मिलाई प्रतिवादी वसिर मियाले २०३०।१।१९ को कुरा नै गुम पारी ०२७।२।४ को राजीनामाको जग्गा कि.नं. ५६।१८ समेतको जग्गा कविर मियाँको नाउँबाट खारेज गरी मेरा नाउँमा दर्ता गरिपाउँ भनी ०३०।१।१५ गते भू.प्र.का.क.व. मा दस्तखत दिई निवेदक वसिर मियाँ र प्र.कविर भई दा.खा. को कारवाही गराई भू.प्र.का.क.व.बाट ०३०।१।१६ मा निर्णय गराई बसिर मियाको नाउँमा दर्ता गराएको समेत रहेछ । सो कुरा मलाई थाहा थिएन । ०३१।६।२१ गते प्रमाणका मानिसहरूबाट थाहा पाई ०३१।६।२२ मा सो निर्णय दर्खास्तहरू र राजीनामाको समेतको भू.प्र.का.क.व.बाट