निर्णय नं. २६४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/१० २०९९ निर्णय नं. २६४५ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४२ सालको रि.फु.नं. ४१ आदेश भएको मिति : २०४३।३।१०।३ मा निवेदिका : जिल्ला पर्सा सतवरिया गा.पं.वा.नं. ६ को परिवर्तित हाल पोखरीया गा.पं.वा.नं. ५ बस्ने कुमरिया चाइनी विरुद्ध विपक्षी : ऐ.ऐ.तुल्सी महतो चाइसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) होइन भनी कुनै खण्डन गर्न सकेको छैन, यसबाट सगोलमा रहेको भन्ने कुरा स्वीकार गरेको भन्नु पर्ने । (प्रकरण नं. १२) (२) एकासगोलमा रहे बसेको बुहारी रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासगोलको जेठाजु प्रत्यर्थीलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किसान सम्झन नमिल्ने । (प्रकरण नं. १२) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर राणा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. जि.पर्सा सतवरीया गा.पं.वा.नं. ६ कि.नं. ६८ को ज.वि.०–६–८ मथुरा शाहबाट मैले ०२७।८।१ मा खरीद गरी लिएको हो । उक्त जग्गाको मोही तुल्सी महतो चाई मेरो साखै जेठाजु हुन् । जग्गा खरीद गरेको अवस्थामा हामी सगोलमै थियौं जेठाजु र लोग्ने बीच चलेको अंश मुद्दामा मानो छुटेको मिति २०३०।२।३० कायम भई लोग्नेले अंश पाउने ठहरी निर्णय भएको छ । त्यस पछि उक्त जग्गाको सम्बन्धमा दिएको अंश दपोट मुद्दामा फिराद दावी छाडी २०३३।५।११ मा मिलापत्र भएको छ सगोलमा रहेको जग्गामा अंशीयारको मोही हक नहुने हुँदा तुल्सी महतोको मोहीको लगत काटी पाउँ भनी मैले निवेदन दिएकोमा अंशबण्डा भित्रको जग्गा होइन भन्ने बूँदा उल्लेख गरी निवेदन खारेज गर्ने गरी विपक्षी कार्यालयबाट मिति २०४१।४।२६ मा निर्णय भयो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन लिएको व्यक्तिलाई जनाउँछ भन्ने उल्लेख भएको छ तर मैले जग्गा खरीद गर्दा विपक्षी तुल्सी महतो सगोलमै भएकोबाट निज मोही कायम नहुने प्रष्ट छ । विपक्षी र मेरो बीच कुनै कबूलियत र भर्पाई समेत भएको छैन । तसर्थ ऐनको दफा ३४ को त्रुटिपूर्ण निर्णय भएको छ । जग्गावालासँग कुनै लिखित कबूलियत नगरी अस्थायी प्रमाणपूर्जाको नाताले मोही कायम गर्न नमिल्ने भनी सिद्धान्त प्रतिपादित भएको छ । एकासगोलको दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी सिद्धान्त प्रतिपादित भएकोले विपक्षीको लगत कट्टा नगरेको त्रुटिपूर्ण छ । विपक्षी तुलसी मोही भएको भए अंश दपोट मुद्दा दिनुपर्ने थिएन । तसर्थ विपक्षी कार्यालयको मिति २०४१।४।२६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मोही लगत कट्टा गरी दिने हक न्याय पाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ४. तुलसी महतो चाई प्रमाणित मोही हुन बिना प्रमाण नाता पर्नाले वा दाजु भाइ हुँदैमा सगालेको भनी मोहीको लगत कट्टा गर्नु न्यायोचित हुँदैन । जग्गा दबायो भन्ने मुद्दालाई नै एकासगोलकै रहेछन भनी कसैको