निर्णय नं. २६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/१० २०२५  निर्णय नं. २६४६ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रि.फु.नं. ४६ आदेश भएको मिति : २०४३।३।१०।३ मा निवेदक/विपक्षी : सुनसरी जिल्ला गा.पं.भाडा गाउँ सिनवारी वार्ड नं. २ बस्ने ठे.सतनलालको हक सकार गर्ने छोरा चुमुकलाल चौधरी विरुद्ध विपक्षी/निवेदक : ऐ.ऐ.वडा नं.६ बस्ने भरतलाल चौधरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) बाबुको नाउँको मोहियानी हकको जग्गामा बाबु मरेपछि जग्गा धनीले पत्याएमा त्यस्तो जग्गाको मोहियानी हक छोरामा सर्न सक्ने, र छोराले पाउन सक्ने अवस्था रहने हुँदा त्यस्तो हकको जग्गामा अ.बं.६२(३) नं.बमोजिम छोराले मुद्दा सकार गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) बाबुको मोही हक नामसारी गरी पाउन निजको छोराले छुट्टै निवेदन दिनुपर्ने । (प्रकरण नं. ९) भू.सु.कार्यालयतर्फबाट : विद्वान अधिवक्ता सहन्यायाधिवक्ता श्री बलिरामकुमार निवेदक/विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : यसमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४१।४।८।२ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट निर्णय भएको यसमा लेखिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गरी दिनु भन्ने हुकूम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. सुनसरी जिल्ला भाद गाउँ सिनवारी गा.पं.वार्ड नं.२(ग) को कित्ता नं. ४६ को १–१७–९½ जग्गा ऐ.वार्ड नं. को कित्ता नं.६ को ०–१६–२ समेतको जग्गा २००७ सालमा भरतलालको बाबु चुवालालको नाउँमा रहेको र वहाँले तिलकप्रसाद श्रेष्ठलाई भोगबन्धकी लेखी दिनु भएको थियो । सो जग्गा ठेक्का पट्टामा हामीले कमाई आएका थियौं । २ वर्षको बाली बापतको ठेक्का रकम नबुझाएकोले अदालतमा मुद्दा परी तिलकप्रसादले ठेक्काबाट हटक गरी दिएको थियो । तिलकप्रसादले बद्रीबहादुरलाई ०१० सालमा लखबन्धकमा लेखी दिएको पछि बद्रीबहादुरले सोही जग्गा सूर्यकुमारीलाई लखबन्धकी लेखी दिएको थियो । ऋण निश्चितको लागि उजूर गर्दा ऋण निश्चित भएको थियो । हामी आफैंले जोतकोड गरी रहेका थियौं । धानबाली विपक्षीका बाबु लगायतका मानिसहरूले ०३२।९।९।४ का दिन लुटी लगेको र शाखा अधिकृत गणेशलाल कायस्त समेतका कर्मचारीले जबरजस्ती लेखी राखेको कागजमा डर त्रास देखाई सही गराएकोमा कर्मचारी उपर मुद्दा दायर गर्न स्वीकृतीको लागि लेखेको ०३२।१२।६।६ मा बाली लुटपीटतर्फ निवेदक समेत उपर फिराद दायर गरी सकेको छ । सुनसरी जिल्ला अदालतमा चल्दैछ । कि.नं.६ मा ०–७–१० जग्गामा लगाएको जग्गा धनीले लुटी लगेको हुनाले मोही बेदखली गरेमा विपक्षीको बाबुले जि.भू.सुनसरीमा उजूर दिएको हाम्रो जोतकोडको जग्गा भएकोले विपक्षीको दावी झुठ्ठा हो भनी हाम्रो प्रतिउत्तर परेको । लुटपीट गरी जबरजस्ती कागज गराएको सम्बन्धमा परेको नालेश फैसला नभएसम्म विपक्षीले दिएक