निर्णय नं. २९८० - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९८० - डाँका भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/१९ २४०४ निर्णय नं. २९८० ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ३७६ मुद्दा : डाँका पुनरावेदक/वादी: शुस्तलालको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: जि. झापा बानियानी गा.पं. वार्ड नं. १ बस्ने धोक्रा मियाँ। ऐ.ऐ बस्ने दुशमहमत मिया। ऐ.ऐ बस्ने कर्फुदिन मिया। ऐ.ऐ बस्ने अब्दुल कमल मिया। ऐ.ऐ बस्ने जला मिया । ऐ.ऐ बस्ने दशमहमद मिया। ऐ.ऐ बस्ने पीर महमद मिया। ऐ.ऐ पाठावारी गा.पं. वार्ड नं.९ बस्ने लाल महमद मिया। फैसला भएको मिति: २०४३।१०।१९।२ मा § रहजनी चोरीको वारदात ४ जना भन्दा बढीले गरेको वारदातलाई चोरीको ६ नं. ले डाँकाको वारदात भन्ने व्यवस्था गरेकोबाट सोही व्यवस्था बमोजिम डाँकाको वारदात ठहर्याउनु पर्ने । (प्रकरण नं. २७) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधान: पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।८।५ को फैसलामा चित्त नबुझी श्री ५ को सरकारको तर्फबाट पुनरावेदनको अनुमतिको निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य विवरण यस प्रकार छ। २. २०३८।७।८ गते शनिवारका दिन भारत पाठामारिमा लाग्ने हटियामा सौदा गरी घर फर्की रहेको मेरो छोरा वर्ष १३ को देवनारायण राजवंशी र नोकर मदनलाल राजवंशी बनियानी गा.पं. वार्ड नं. १ स्थित पाठामारी जाने र चोरवस्ती जाने चौबाटोमा आई पुग्दा सोही बेलुका अं. ६:३० बजेको समयमा सो ठाउँमा ११, १२ जना चोर बदमास बाटो ढुकी राखेका रहेछन् । छोरा देवनारायण र नोकर मदनलाल त्यहाँ आई पुगेपछि दुवै जनालाई समाती धानबारीको पश्चिमपट्टी लगी छुरी देखाई तिमीहरूसंगै भएको धनमाल निकाल नत्र मारी दिन्छौं भनी १ लात हिर्काई तपसीलको बिगो रु. २,६४४।५० को धनमाल जबरजस्ती चोरी गरी लगेछन् सो चोर मध्ये प्रष्ट चिनेको बनियानी गा.पं. वार्ड नं. १ बस्ने धोक्रा मियाँ १ दशमद मियाँ १ कर्फुदिन मियाँ १ समेत ३ जनालाई चिनेको अरु नचिनेका व्यक्तिहरू भएको उक्त व्यक्तिहरूलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सुस्तलाल राजवंशीको जाहेरी दर्खास्त परेको । ३. २०३८।७।८ गते शनिवारका दिन म दशमद मियाँ १ कर्फु दिन मियाँ १ अबुलकलम मियाँ १ पिर महमद मियाँ १ जलामियाँ १ लालमियाँ १ नाउँ नजानेको ४ समेत ११ जना भई जाहेरवालाको छोरा र नोकर पाठामारी बजारबाट सौदा गरी घर फर्किरहेको बेला फेला पारी लालमियाँले लौ समातौं भने पछि सबै जनाले समाती निजहरूले बोकेको सामान खोसी लियौं निजहरूलाई छाडिदियौं चोरी गरेको नगद रु. ३०।– ११ जनाले नै बराबर भाग बण्डा ग¥यौं । मेरो भागमा परेको २।९० खाई मासिसकें शर्ट २ लालमियाँले नै लगेको छ । बिक्री गरेर रुपैयाँ बाँड्ने कुरा थियो गम्छा अबुलकलमले लगेको छ यो भन्दा अगाडि चोरी डाँका गरेको छैन भन्ने समेत व्यहोराको प्र. घोक्रा मियाँको प्रहरीमा भएको कागज । ४. २०३८।७।८ गते पाठामारी हाट फर्की आउँदा चोर वस्ती जाने बाटोमा ११।१२ जना लाठी चुप्पी बोकेका अपराधीहरूले घेरी समाती हल्ला गर्न नदिई पश्चिमतर्फ धानबारीमा लगी साथमा भएको धनमाल लुटपिट गरी छाडी दिएकोले घरमा आई घटना भएको कुरा सबै बताएको हौं भन्ने समेत व्यहोराको देवनाराण मदनलाल राजवं