निर्णय नं. २६४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४७ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/१० २१५२ निर्णय नं. २६४७ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.फु.नं. ७ फैसला भएको मिति : २०४३।३।१०।३ मा निवेदक/प्रतिवादी : जिल्ला बाँके कम्दी गा.पं.वडा नं.४ भसाहा बस्ने रमजान अलिशेषसमेत विरुद्ध विपक्षी/वादी : विष्णुप्रसादको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) अस्पतालको छाप नलागेको डिस्चार्ज टिकटलाई आधार बनाई प्रतिवादीहरू वारदातमा नरहेको भन्न नमिल्ने । (प्रकरण नं. २९) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : यस अदालतको डिभिजनबेञ्चबाट मिति २०३९।१२।३।५ मा कर्तव्य ज्यान मुद्दामा भएको फैसला फुलबेञ्चबाट दोहर्याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र चढाउनु भएकोमा त्यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको कर्तव्य ज्यान मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई कानुन बमोजिम गर्नु भन्ने विशेष जाहेरी विभाग मार्फत हुकूम बक्स भई यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. ०३१।७।१८ गते विहान अं.१० बजे काम्दी गा.पं.वार्ड नं. ९ मौजे छगडहवा भन्ने लगदहवाको उकाश मुद्दा जिति पाएको जग्गामा लागेको धान बाली हेर्न भनी मेरो बाबु बामनप्रसाद उपाध्याय १, रहिम बस मनिहार १ तथा म समेत ३ जना भई माया गिरीको घरमा रातमा बसी भोलिपल्ट उक्त जिति पाएको जग्गामा अं.१ बजे जाँदा भू.पू.प्र.पं.सदिक खाँ पठान १, सन्दिक शेष १, सन्दिक शेषको भाइ अजिज शेष १, नासिर मुसलमान १, समेत ४ जना लाठी लिई उभिरहेका र पूर्णध्वज गिरी १, निजको भतिजा धनबहादुर गिरी १, महमत तकी खाँ १, प्र. पं.दुर्गाप्रसाद कुर्मीको दाजु नाउँ नजानेको देखी चिन्न सक्ने १, मुन्सी खाँ पठान १ समेतका र नाउँ नजानेका अं.२०,२५ जना मानिसहरू मध्ये कोही खेतको बाली काटिरहेका र कोही खेतमा बसेका कसैको हातमा लठी र कसैको हातमा हँसिया थियो । मर्ने मेरो बाबु बामनप्रसादले यो जग्गामा झगडा परी कारवाही चली रहेकाले रोक्का राख्नु पर्छ भनी भन्दा हामी रोक्का राख्दैनौं धेरै कुरा गर्यो भने ज्यान मारी दिनेछौं भनी सन्दीक शेषले भनेको र पुनः बामनप्रसादले धान काटी लान पाउँदैनौं भन्दा के देखेका छौं मार जे परे पर्ला देखा जाला भनी सन्दिक खाँ पठानले वचन दिनासाथ निज सन्दिक शेषले आफ्ना हातमा लिएको कुकाठको लठ्ठीले मेरो बाबु मर्ने वामनप्रसादलाई टाउकोमा प्रहार गर्दा बाबु भूइँमा खसी कराउँदा अजिज शेष, मुन्सी शेष, नसीर मुसलमान समेतले लाठीले प्रहार गरेका र अन्तिम चोट सन्दिक शेषले लाठीले हान्दा बाबु वामनप्रसाद मरे भनी कराउनु भई मर्नु भएको र माया गिरीले बचाउ गर्दा सबै लेखिएका व्यक्तिहरू भई माया गिरीलाई लाठीले मर्न बाँच्न दोसाँध गरी दिएका र मलाई पनि मुन्सी खाँ, पञ्च नसिर खाँ, मुसलमान, अजिज शेष, भू.पू.प्र.पं.सदिक खाँ समेत भई रगतपच्छे पारी कुटेकाले मर्ने मेरा बाबु वामनप्रसादको लास तथा माया गिरी र दर्खास्तवाला समेतलाई गाउँलेहरूले भेरी अञ्चल अस्पतालमा दाखिल गरेको हुनाले दर्खास्त गरेको