निर्णय नं. २६४८ - लिखित बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४८ - लिखित बदर भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/३१ २४५८ निर्णय नं. २६४८ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.फु.नं. ८७ फैसला भएको मिति : २०४३।३।३१।३ मा निवेदक/वादी : जिल्ला ताप्लेजुङ दोखू गा.पं.वार्ड नं. ३ बाझो गरा बस्ने रामचन्द्र उपाध्याय मरी मु.स. गर्ने त्रैलोक्यनाथ उपाध्याय घिमिरे विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.भेडाबारी बस्ने दिनानाथ उपाध्याय घिमिरेसमेत मुद्दा : लिखित बदर (१) बन्धकी दिएको तथा सो जग्गाको बालीको सम्बन्धमा मिलापत्र गरेको भन्ने कुराले मात्र त्यस्तो अबण्डाको जग्गालाई वादीको एकलौटी भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय दोहर्याई पाउँ भनी वादीले चढाएको बिन्तिपत्र फुलबेञ्चबाट दोहराई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. पिता जगन्नाथका दुई जना श्रीमतीमा जेठी पट्टीका चार भाइ छोरा ६८ साल मै छुट्टिई सकेका र कान्छी पट्टिका जेठा देउदत्त निजका छोरा नरनाथ, औजराज, माहिला म रामचन्द्र र साहिला दिनानाथ, कान्छा होमनाथ भएकोमा हामीहरू सगोलमा रहँदैका अवस्था पिताजी जगन्नाथ १९९३ सालमा र आमा १९९७ सालमा जेठा दाजु देउदत्त १९९९ सालमा देहान्त भएपछि हामी अंशियारको अंशबण्डा नभएको गोश्वरा जग्गा मध्ये ५० साल जाँचमा सु.अर्थपति जिम्मा बाजे डिल्लीराम खेततर्फ माटो मुरी ।१० को तिरो रु.५।– मा दर्ता भएको तमारे नदी पूर्व गुहेली पुछार भिर पहरा पश्चिम गुहेलीबाट झरेको ठाडो खोल्सी उत्तर भोटबाट झरेको ठाडो खोल्सी दक्षिण यति ४ किल्ला भित्रको तिरो रु.५।– लाग्ने ओदिम्बा भन्ने रैकर खोला खेत १, कैनिम धुरी भन्ने बारी १, मिरे मुनी भन्ने रैकर खेत १, तनोम १, रैकर घर वारी १, साजबाटै भन्ने रैकर खेत १ समेत ७ खला जग्गा अंबण्डा गोश्वाराबाट भोग गरी आएका जग्गा मध्ये रैकर खेतलाई भतिजा नरनाथ भाइ होमनाथ दिनानाथले मलाई एकलौटी खानु भनी यो जग्गाको सट्टा अबण्डा गोश्वारा जग्गा मध्ये कैनिन धुरी रैकर घरबारी अरु ३ भाइले एकलौटी खाने मुखकै सर्त गरी खोला खेत मैले नै भोग गरी मैले नै १ नं. १४ नं. फाराम समेत भरी मैले नै २०२७।१।१ गते सु.खड्गबहादुर लिम्बूलाई रु.५००।– मा २०२७।६।१९ गते ताप्लेजुङ मालबाट भोगबन्धकी पास गरी दिई साहूले भोग गरी आएको भूस्वामित्व मेरो एक लौटी देखिने उक्त ४ किल्ला भित्रको जग्गालाई प्रतिवादीहरूले मिली अरु होमनाथ, नरनाथ, रामप्रसाद, औजराज देखा नपरी माटो मुरी ।१० लाई माटो मुरी ।२० भनी ०३०।१०।६ गते रु.५००।– मा राजीनामा लेखी दिने भाइ दिनानाथ, लिने यी रणबहादुर, अन्तरसाक्षी हुने यी कृष्णप्रसाद समेत भई राजीनामा लिनु दिनु गरेछन्, ऐ.७ गते ताप्लेजुङ मालबाट पारीत गर्ने गराउने गरेछन् ०३१।४।११ मा थाहा पाई लेनदेन व्यवहारको ४० नं.को म्यादभित्रै फिराद गर्न आएको छु । उक्त विपक्षीहरूले गरेको रु.५००।– को ०३०।१०।७ को राजीनामा पास बदर वातेल गरिपाउँ भन्ने समेत व्यहोराको ०३१।४।१७ मा दिएको फिरादपत्र । ३. वादी दावीको ओदिम्बा खेत र अरु ५ कित्ता जग्गा १९९९।१०।१७ का बण्डा पत्रमा परेक