निर्णय नं. २९८१ - घर जग्गा कर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९८१ - घर जग्गा कर भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/१२ ३३१६ निर्णय नं. २९८१ ने.का.प.. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको देवानी पु.नं. ८१७ मुद्दा : घर जग्गा कर पुनरावेदक/वादी: वि.न.न.पं. गुहृयेश्वरी राइसमिल रानीका डाइरेक्टर रामानुजदास मारु । विरुद्ध विपक्षी/प्रतिवादी : श्री कर कार्यालय विराटनगर । फैसला भएको मिति : २०४३।१०।१२।२ मा § आ.ब. ०२८।२९ देखि स्वीकृत आँकडा बमोजिम कर निर्धारण गर्नु भनी कर विभागको पत्र समेतको आधारमा कर कार्यालय विराटनगरलाई कर निर्धारण गर्न सक्ने अधिकार भएको नै देखिने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला न्या.प्रचण्डराज अनिलः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१०।४ को इन्साफ उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. गुहृयेश्वरी राइस मिल्स विराटनगरको आ.व. ०२८।०२९ मा घर जग्गाको मोल रु. १०,००,७६६।२२ कायम गरी त्यसको कर रु. ६,४४५।३७ म्यादभित्र विवरण पेश नगरे वापतको रु. २।६३ आदेश पालना नगरे वापत रु. २।– समेत जम्मा रु. ६,४५०।– लाग्ने भन्ने २०३५।३।१६ को घर जग्गा कर निर्धारण आदेश । ३. लिमिटेड कम्पनीको घर जग्गा कर निर्धारण साल बसाली व्यालेन्ससिट बमोजिम गर्नु पर्ने भन्ने उल्लेख भएको तथा यस मिलको आ.व. २०२४।२५ सम्म सोही आधारमा गर्दै आएकोमा यस आ.व. २०२८।२९ मा सो आधारमा कर निर्धारण नगरी अन्य कुन आधारमा गरेको हो ? आदेशमा सो कुरा उल्लेख नै नगरी गरेको कर निर्धारण आदेश बदर गरी हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको रामानुजदास मारुको राजस्व न्यायाधीकरण कोशी अञ्चल अदालत भवन धरानमा परेको पुनरावेदन । ४. बुझिएसम्मका प्रमाणका परिवन्दबाट घर जग्गाको मूल्यांकन तथा कर निर्धारण गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था भए बमोजिम नै कर अधिकृतले पुनरावेदकको घर जग्गा मूल्यांकन गरी कर निर्धारण गरेको देखिएकाले प्रचलित कानूनमा स्पष्ट व्यवस्था भए बमोजिम गरेको कर निर्धारण आदेश मिलेन विभागीय परिपत्र अनुसार नै कर निर्धारण गर्नु पर्छ भन्ने पुनरावेदकको जिकिरसंग सहमत हुन नसकिएकोले कर कार्यालयले मिति ०३५।३।१६ मा गरेको कर निर्धारण आदेश सदर हुने ठहर्छ भन्ने समेत राजस्व न्यायाधिकरण कोशी अञ्चल अदालत भवन धरानको मिति ०३६।१०।२३।४ को फैसला । ५. राजस्व न्यायाधिकरण धरानले इन्साफको रोहमा प्रवेश नै नगरी विपक्षी कर कार्यालयको त्रुटिपूर्ण आदेशलाई नै सदर गरी गरेको इन्साफमा चित्त बुझेन सो फैसला उपर पुनरावेदन नलाग्ने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट एक पल्ट दोहोर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भन्ने व्यहोराको रामानुजदास मारुले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्र । ६. यसमा यो विन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए राजस्व न्यायाधिकरण कोशी अञ्चल अदालत भवन धरानबाट छिनिएको घर जग्गा कर मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पूर्वाञ्चल क्षेत्रीय अदालतको देवानी विविध दायरीमा दर्ता भई इन्साफ हुँदा ऐन नियम अनुसार कर निर्धारण गरेको कर कार्यालय विराटनगरको कर निर्धारण आदेश मनासिब ठहर्याई निवेदकको पुनरावेद