निर्णय नं. ९१४४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१४४ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/१२/३० ४४५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल फैसला मिति : २०७०।१२।३०।१ २०६६–CR–०१४७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, आश्राङ गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका दिपकबहादुर घिमिरे विरूद्ध प्रत्यर्थी/वादी : नानीराम परियारको जाहेरीले नेपाल सरकार २०६८–RC–०१२३ वादी : नानीराम परियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला ललितपुर, मनिखेल गा.वि.स. वडा नं. ३ बस्ने दिपक सापकोटा § अन्यत्र स्थलमा रहेको (Alibi) को जिकीर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित भएमा मात्र प्रमाणको लागि ग्राह्य हुनसक्ने । § वारदातको दिन र समयमा आफू घटनास्थलमा उपस्थित नरही अन्यस्थलमा रहेको भनी अन्यत्रस्थल (Alibi) को जिकीर लिने व्यक्तिले घटना हुँदाका बखत आफू उपस्थित रहेको भनिएको स्थानबाट घटना भएको स्थानको दूरी (Distance) यति धेरै छ कि घटना भएको समयमा घटनास्थलमा उपस्थित हुन असम्भव छ भनी अकाट्य र विवादरहित प्रमाणबाट प्रमाणित गर्नुपर्ने । § एकै समयमा एक व्यक्ति दुई ठाउँमा उपस्थित हुन असम्भव छ भनी अभियुक्तले प्रमाणबाट स्थापित गर्न सक्नुपर्ने । § अन्यत्र स्थल (Alibi) को जिकीर अकाट्य र निर्विवाद प्रमाणबाट स्थापित र प्रमाणित हुन नसकेमा सो जिकीर निजैका विरूद्ध प्रमाण लाग्ने हुन्छ । प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छूट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकीर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम निज प्रतिवादीको हुने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता गणेशबहादुर गुरूङ प्रत्यर्थी/वादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M § मुलुकी ऐन, ज्यानसम्बन्धीकोको महलको १,१३ र १३(३) नं. सुरू तहमा फैसला गर्ने M मा.जि.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री मिरा खड्का मा.न्या.श्री सुष्मालता माथेमा मा.न्या.श्री द्वारिकामान जोशी फैसला न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।२३ को फैसलाउपर प्रतिवादी दिपकबहादुर घिमिरेको पुनरावेदन परी र प्रतिवादी दिपक सापकोटाको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १०बमोजिम साधक जाहेर भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : काठमाडौं जिल्ला, बालुवा गा.वि.स वडा नं. ९ स्थित जङ्गल खोल्सीमा कर्तव्य गरी मारेको महिलाको लास बोरामा प्याक गरी फालेको अवस्थामा फेला परेकोले कानूनबमोजिम गरी पाउँ भन्ने व्यहोराको मिति २०६२।५।२८ को प्रहरीको प्रतिवेदन । मृतक महिलाको लास सडेको, गन्ध आउने भएको, मुखबाट जिब्रो बाहिर निकालेको, मृतक लासको हात खुट्टा डोरीले बाँधेको, घाँटीमा डोरीको डाम भएको भन्ने व्यहाराको मिति २०६२।५।२८ को लास जाँच मुचुल्का । मेरी श्रीमती मीना नेपाली मिति २०६२।५।२३ गते घरबाट गएको, निज कार्यरत शाही नेपाली सेनाको वेण्ड गुल्ममा पनि नभएको जानकारी पाएकोले खोज तलास गरी पाउँ भनी नानीराम परियारले इलाका प्रहरी कार्यालय, ललितपुर, बाँडेगाउँमा मिति २०६२।५।३० मा दिएको निवेदन । मृतक लास मेरी श्रीमती मीना ने