निर्णय नं. ८८३७ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८३७ - परमादेश भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०३/२८ ४१०८ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८३७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६८–DF–०००१ फैसला मितिः २०६९।३।२८।५ मुद्दाः– परमादेश । पुनरावेदकः जि.तनहुँ, घाँसीकुवा गा.वि.स. वडा नं. ३ बस्ने सीता कैनी विरुद्ध प्रत्यर्थी विपक्षीः जिल्ला प्रहरी कार्यालय, तनहुँ शुरू फैसला गर्नेः– मा.मु.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री नीता गौतम दीक्षित यस अदालत, संयुक्त इजलासमा फैसला गर्नेः– मा.न्या.श्री कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री अवधेशकुमार यादव § सैनिक ऐनअन्तर्गतको कसूर बाहेक अन्य प्रचलित कानूनबमोजिम अपराध मानिने कुनै कसूर गरेमा वा सो विषयमा सम्बन्धित निकायमा कसैको जाहेरी परेमा त्यस्तो जाहेरीमा नाम किटिएको वा सो अपराधमा संलग्न रहेको देखिएको जुनसुकै सैनिक कर्मचारीलाई अपराध अनुसन्धान गर्न प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायसमक्ष उपस्थित गर्नु गराउनु सम्बन्धित प्रहरी कार्यालय र सैनिक कार्यालय समेतको दायित्व हुने । (प्रकरण नं.६) § जाहेरी दरखास्तमा नाम किटिएका व्यक्तिहरू नेपाली सेनामा कार्यरत् रहेको भन्ने एक मात्र कारणले लामो समयसम्म सो जाहेरीको विषयमा प्रभावकारी अनुसन्धान नहुनुलाई सामान्य मान्न नसकिने । § नेपाल सरकारको मातहतमा रहेको सेनामा कार्यरत् व्यक्तिलाई फरार रहेको व्यक्ति वा अनुसन्धान गर्ने निकायको पहुँच बाहिरको व्यक्ति भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) § प्रत्येक मुद्दाको स्थिति एक समान हुँदैन । अनुसन्धान गर्न सबै मुद्दामा समान समय लाग्ने पनि होइन । घटनाको प्रकृति र अन्य परिस्थितिजन्य कुराहरूले अनुसन्धानको प्रक्रिया र समय निर्धारित गर्ने हुन्छ । त्यसैले प्रत्येक मुद्दाको अनुसन्धान यो यति समयभित्र सम्पन्न गर्नु भनी अदालतले प्रत्येकमा समान समयावधि तोक्नु वा निर्धारण गर्नु उपयुक्त नहुने । (प्रकरण नं.९) पुनरावेदकको तर्फबाटः विद्वान अधिवक्ता भोजराज आचार्य विपक्षीको तर्फबाटः विद्वान उपन्यायाधिवक्ता राजेन्द्रकुमार श्रेष्ठ अवलम्बित नजीरः नेकाप २०६४, नि.नं. ७८५७ सम्बद्ध कानूनः § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ४, ५, ६, ७, ८, ९, १०, २० फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, पोखराको मिति २०६६।८।८ को आदेशउपर यस अदालतमा पुनरावेदन परी संयुक्त इजलास समक्ष पेश हुँदा सो इजलासमा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी नियमानुसार यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः– म निवेदक सीता कैनीको श्रीमान सामान्य किसान परिवारको हुनुहुन्थ्यो । राजनीतिक रूपमा नेकपा एमालेसँग आवद्ध हुनुहुन्थ्यो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा व्यास नगरपालिका वडा नं.३ को वडाध्यक्ष पदको उम्मेदवार भै पराजीत हुनु भएको र एमाले व्यास नगर कमिटिको सदस्य समेत हुनुहुन्थ्यो । मेरो श्रीमानलाई २०५९।१।१६ गते १६।१७ जनाको समूहका आर्मी ड्रेसमा आएका मानिसहरूले हतियारसहित पक्राउ गरी नियन्त्रणमा लिई बिना कारण माओवादीको आरोप लगाई अमानवीय तरिकाले यातना दिई गोली हानी हत्या गरेकाले मुलुकी ऐन ज्यान, सम्बन्धी महलको १३(३) नं. बमोजिम हदैसम्मको सजाय गरिपाऊँ भनी मिति २०६३।१२।२३ मा दर्ता नं. ८६ मा किटानी जाहेरी विपक्षी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेकोमा सोको अन