निर्णय नं. २६४९ - आगलागी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४९ - आगलागी भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/१३ २७६५ निर्णय नं. २६४९ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको फौ.फु.वे.नं. ३१ फैसला भएको मिति : २०४३।३।१३।६ मा पुनरावेदक/प्रतिवादी : जिल्ला दाङ पवन नगर गा.पं.वार्ड नं.७ अधेरे बस्ने निमराज कडेल विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : आगलागी (१) एकपटक प्रहरी प्रतिवेदन दायर भइसकेपछि संकलित थप सबूद प्रमाणहरूबाट अरु पनि अभियुक्त देखिन आएमा त्यस अभियुक्त उपर सजायँको माग गरी पुनः अर्को प्रहरी प्रतिवेदन दायर गर्न सक्ने । (प्रकरण नं. २९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : डिभिजनबेञ्चबाट माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम यस फुलबेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. २०३७ साल ज्येष्ठ २ गते राती सुती निदाएको बखत अन्दाजी १२ बजेको समयमा भान्छा घरको पश्चिम तर्फबाट आगलागी भई तातोले जागी गाउँका मानिस समेतलाई कराई आगो निभाउँदा निभाउँदै मिल समेतका ३ वटा घर जली रु.१,०९,५००।५० को धनमाल नोक्सान भएको, दाङ अंधेरे बस्ने डिल्लीराज भुसालले नै आगो लगाएको हो भनी गाउँका मानिसबाट थाहा भएकोले जली नोक्सान भएको उक्त बिगो दिलाई निज अभियुक्तलाई पक्री सजायँ गरिपाउँ भन्ने ०३७।२।४ को शोभाकर बस्यालको जाहेरी दर्खास्त । ३. रक्सी खाएको झोकमा खल्तीबाट सलाई झिकी मिल घरको पश्चिम उत्तरतर्फको शुरुबाट फुसको छानोमा आगो झोसी आफ्नो घर गएको हुँ भन्ने समेत ०३७।२।५ मा डिल्लीराजले प्रहरीमा गरेको बयान । ४. निमराज कडेल र डिल्लीराज भुसाल समेतले काट्छु मार्छु भन्दै रहन्थे, म घरमा नभएको मौका पारी बाबु, श्रीमती, छोरा, छोरीलाई भित्रै मार्ने नियतले आगो लगाई दिएको मलाई शंका लाग्ने निमराज कडेलले बचन दिने र डिल्लीराज भुसालले आगो लगाउने गरी बिगो रु.१७,९४०।– धनमाल नोक्सान पारी दिएकोले शोभाकर बस्यालले दिएको दर्खास्तमा छुटफुट सम्बन्धमा दर्खास्त गर्न आएको छु, शंका लाग्ने निमराज कडेललाई पक्री कारवाही गरिपाउँ भन्ने ०३७।२।१४ को खगेन्द्र बस्यालको अर्को जाहेरी दर्खास्त । ५. जाहेरवालाको घरमा आगो लागेको देखी म समेतले आगो निभाएको हु । प्र.पं.समेतले डिल्लीराजलाई सोधपूछ गर्दा मैले आगो लाएँ माफ पाउँ भनेपछि प्रहरीले पक्राउ गरी लगेको हो, मैले निजलाई आगो लाउन सिकाएको होइन भन्ने ०३७।२।१७ को निमराजको प्रहरीमा बयान । ६. निमराज र डिल्लीराज पाण्डे राम्रो चाल चलन भएको मानिस हुँदा आगो लगाएकोमा शंका पनि लाग्दैन भन्ने समेत अधिकांश मानिसहरूको भनाई भएको ०३७।२।९ को सरजमीन मुचुल्का । ७. अभियोग स्वीकार गर्ने डिल्लीराज भुसाललाई आगो लगाउनेको ५ नं. बमोजिम सजायँ गरिपाउँ निमराज र डिल्लीराज पाण्डेले आगो लगाउन पठाएको कुरा कतैबाट खुल्न नआएकोले सबूद प्रमणको अभावमा निमराज कडेल उपर मुद्दा चलाउन नमिल्ने भन्ने समेत ०३७।२।१९ को प्रहरी प्रतिवेदन । ८. मैले आगो लगाएको होइन, निमराज कडेलले आगो लगाइदे भनेकाले लगाएको हुँ भनी बयान गर्नु तिमी बची हाल्छौं भनी प्र.पं.बामदेवले भनेकाले प्रहरीमा सोही कुराको बयान गरेको हुँ, बामदेव र निमराज कडेलको निर्वाचन सम्बन्धी रिसइवी थियो भन्ने समेत डिल्लीराज भूसालको ०३७।२।१९ मा