निर्णय नं. २९८२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९८२ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/१०/१५ २५०२ निर्णय नं. २९८२ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २१६६ विषय : उत्प्रेषण रिट/ निवेदक: जि. सुन्सरी गा.पं. सिमरिया वार्ड नं. ६ बस्ने लिलादेवी खड्गी विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का. सुन्सरी। जि.सुन्सरी गा.पं. सिमरिया वार्ड नं.८ बस्ने दिल्लु झांगड । आदेश भएको मिति: २०४३।१०।१५ मा § बण्डापत्रलाई प्रमाणमा लिई पाउँ भनी प्रतिउत्तर परिसकेपछि सम्बन्धित माल कार्यालय बुझी सो अंशबण्डालाई प्रमाणमा लिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददाश सरस विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधान धारा ७१ अन्तर्गत उत्प्रेषणकोे आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीको मिति ०४१।१२।२७ को निर्णय बदर गरिपाउँ भन्ने यस अदालतमा मिति ०४२।१।१७ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. मेरो जग्गामा मोहियानीमा जोत्दै नजोतेका विपक्षीले बलभद्र खड्गीको छोरा शिवकुमारको नाउँमा १ नं. फारम भरी ४ नं. जो.अ.नि. पाएको सर्भेमा बलभद्रका छोरा विजयकुमार खड्गीका नाउँमा सर्भे भई दर्ता रहेको सिमरिया गा.पं. वार्ड नं. ८(क) कि.नं. ३६ को ०–९–९ ऐ कि.नं. ३७ को ०–१६–५ ऐ कि.नं. ४० को ३–४–५ र कि.नं. ६० को १–८–५ समेत जम्मा ५–१८–४ जग्गाको मोहियानी प्रमाणपत्र पाउँ भन्ने समेत झुठ्ठा व्यहोराको निवेदन विपक्षी भू.सु.का.मा दिएको रहेछ । ३. शिवकुमार, विजयकुमार र वलराम बीच ०२०।३।१० मा अंशबण्डा भई छुट्टी सकेपछि मात्र ०२२।८।१ मा सुन्सरी जिल्लामा भू.सं. ऐन लागु भएको हुँदा शिवकुमारको १ नं. फाराम भरी ४ नं. जो.अ.नि. लिएको आधारमा विजयकुमारको नाउँको जग्गाको मोही हुन नसक्ने कि.नं. ३६, ३७ को जग्गाको हाम्रो ज.ध.द.प्र.पु. मा किसानको महलमा मेरो नाम छ भन्ने विपक्षीको भनाई झुठ्ठा हो, भर्पाई कबूलियत पनि विपक्षीसंग छैन अतः विपक्षी मोही होइनन् भन्ने मेरो प्रतिउत्तर परेको थियो । ४. बण्डापत्र पेश गर्न नसकेको दुवै दाज्यू भाइ एकै परिवारको देखिएकोले शिवकुमारको नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा सो जग्गाको वादी मोही होइन भन्न नमिल्ने, कि.नं. ४० कि. फोड भई कि.नं. ८५, ८६ भएकोमा कि.नं. ८५ को ३–०–० चन्द्रकुमारी भट्टराइका नाउँमा कि.नं. ८६ को ०–४–५ बुद्धिप्रसाद रेग्मीको नाउँमा ०३७।२।२६ को राजीनामाबाट गइसकेको उजूरी ०४०।३।५ मा दर्ता गरेको देखिँदा सो कि.नं. ४० तर्फ केही बोलिरहनु परेन, कि.नं. ३६, ३७ जग्गा लिलादेवीका नाउँमा कायम हुन आएको र कि.नं. ६० को कि.फो. भई कि.नं. ९१, ९२ भएको कि.नं. ९१ को ०–८–३१⁄२ कृष्णकुमारी खड्गीका नाउँमा र कि.नं. ९२ को १–०–२ लिलादेवीका नाउँमा विजयकुमार परलोक भई नामसारीबाट आएको देखिँदा मोही कायम हुने ठहर्छ भन्ने भू.सु.का. सुन्सरीको फैसला । ५. २०२० सालमा मो.वि. मालबाट बण्डा पास भई सकेपछि भू.सं. लागु भएको हुँदा शिवकुमारको नाउँको जग्गाको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको विजयको नाउँको हो, कि.नं. ९१ को जग्गा दर्तावाला भनिएको कृष्णकुमारीलाई नबुझी मोही कायम गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको छ । कबूलियत भ