निर्णय नं. २६५० - खिचोला मेटाई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५० - खिचोला मेटाई चलन चलाई पाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०२/२७ २२९५ निर्णय नं. २६५० ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ६३ फैसला भएको मिति : २०४३।२।२७।३ मा निवेदक/प्रतिवादी : ल.पु.न.पं.वडा नं.१२ हौगलकुटु झोछें बस्ने काजिबाबु ताम्राकार विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.इखाटोल चाडो वाकोननी बस्ने दानरत्‍न शाक्य मुद्दा : खिचोला मेटाई चलन चलाई पाउँ (१) वादीको किलासमा तला थपी घर बनाएको भए उसै अवस्थामा उजूर परी बदर भएको हुनुपर्ने । (प्रकरण नं. १४) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री रत्‍नलाल कनौडिया विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान वरिष्ठ अधिवक्ता श्री छविरमण सिटौला फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा बिन्तिपत्रको व्यहोरा साँचो हो र २०१३ सालको नगरपालिकाको पास पुर्जी अनुसारको नापका सम्बन्धमा विवादको किलास गारोमा अद्यापि निदाल छाना धुरी अडिई राखेको भन्ने जिकिरका सम्बन्धमा समेत प्रष्ट निर्णय भएको रहेनछ भने त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. गणेशबहादुर राजकर्णिकार १, लक्ष्मण विन्द १ समेत सँग रु.१६,०००।– मा ०२६।४।२० मा राजीनामा पास गराई लिई भोग चलन गरेको ल.पु.न.पं.वडा नं.१२ लौगल टोल कुटु झोछें पूर्व साझा चोक पश्चिम मुल सडक, उत्तर दीलमाया हलवाईनीका घर, दक्षिण न्हुछेराज ताम्राकारको घर समेतको ४ किल्ला भित्रको घर पातालमा हाल घर बनाउनेको साँध पूर्व साझा चोक, पश्चिम मूल सडक, उत्तर दिलमायाको छोरा प्रेम कृष्णको घर, दक्षिण न्हुछेराजको पार्क काजि बाबु ताम्रकारको घर यति ४ किल्ला भित्रको घर पातालमा उत्तर पट्टि चौडाई ६ इन्च, उचाई ४ फुट भएको गाह्रो र दक्षिण पट्टि किलास लम्बाई फुट १९‘७’ इन्च चौडाई फुट १।८ को पूरा गाह्रो सो गाह्रो जमीनसम्म भत्काई सोही ४ किल्ला भित्र पारी लम्बाई पूर्वतर्फ १०.१ पश्चिमतर्फ १२.७ चौडाई १९.७ इन्ची गरी नक्शा बमोजिम घर बनाउन पास पुर्जी पाउँ भन्ने समेत ल.पु.न.पं.मा दर्खास्त दिएकोमा विपक्षी काजि बाबुले दक्षिण सडकतर्फ उत्तर दक्षिण लम्बाई फुट १०।११ इन्ची मात्र हुनेले दक्षिणतर्फ मेरो घरको लम्बाई फिट १।८ इन्च चौडा फिट १९।७ इन्च मिचि आफ्नो हुने गरी दर्खास्त दिएको भन्ने उल्लेख गरी उजूरी गरेबाट जग्गामा तेरो मेरो देखिन आएकोले अदालतमा जानु भनी ल.पु.न.पं.बाट ०३३।६।६।४ मा सुनाएकोले फिराद गर्न आएको छु । घर पाताल जग्गाको नाप फुट भित्रै पारी लिखत गरिएको र त्यसबाट पनि सो किलास गाह्रो रहे भएको जग्गा समेत मलाई राजीनामा गरी दिने दाताहरूकै रहेछ भन्ने देखिन्छ । सो जग्गामा उठाई राखेको गाह्रोको दाँत मेरै जग्गातर्फ फर्किरहेको छ । किलास गाह्रो नभत्काई दिनुहोस् पक्की घर बनाउँदा भत्काई बनाउनु होला भनी विपक्षका बाबु दाजुहरूले बिन्तिभाउ गरेकोले नभत्काई