निर्णय नं. २६५१ - हरहिसाब गरी हिसाब दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५१ - हरहिसाब गरी हिसाब दिलाई पाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/०६ ३५८७ निर्णय नं. २६५१ ने.का.प. २०४३ अङ्क - ३ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं. ७१ फैसला भएको मिति : २०४३।३।६।६ मा पुनरावेदक/वादी : विराटनगर न.पं.वडा नं.३ स्थित भूदेव ट्रेडिङ पार्टनर रामलाल गोल्छा मरी मु.स.गर्ने महेन्द्रकुमार गोल्छा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वडा नं.२ मा अवस्थित जुट विकास तथा व्यापार संस्थान मुद्दा : हरहिसाब गरी हिसाब दिलाई पाउँ (१) स्टोरेज चार्जका विषयमा पहिले नै इन्कार गरी सकेको कुरालाई अहिले आएर त्यसको भिन्नै नामाकरण गरी अर्थात् हिसाब दिलाई पाउँ भन्दैमा विषय अर्को हुन जाने होइन । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान अधिवक्ता श्री विपुलेन्द्र चक्रवर्ती फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : सर्वोच्च अदालत डिभिजनबेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी संस्थानसँग म फेरादीले प्रति मन रु.८५।– का दरले मोले लिने गरी जुट कटिङ्गस एन.सी.टि.सी. गाठ ३५०० बेच्ने करार ०३२।२।१२ मा भएको हो । ४५ दिनभित्र उक्त जुट संस्थानले नउठाएमा म्याद नाघेपछि प्रति दिनको प्रति मन ।०६ पैसा विपक्षीले स्टोरेज चार्ज आदि बापत फेरादीलाई दिनुपर्ने कुरो करारनामाको प्रकरण (ख)१ मा शर्त लेखिएको छ करारनामाको कार्य सम्पादन भइसकेपछि मात्र करार खारेज हुने कुरा (ख)९ मा परेको र कार्य सम्पादन भइसकेको छैन । करारनामा बमोजिम जुट कटिङ्गस दिँदै आएको अवस्था विपक्षीले एकाएक स्टोरेज चार्ज पाइने छैन भनी अरु प्रदायक सरह मलाई पनि लेखेबाट कारण सोधी पठाउँदा जुट गाठको तौल नपुगेकोले करार बमोजिम नभएको भनी सर्कुलर लेखेकोले प्रकरण ५ को व्याख्यामा चित्त नबुझी करारनामाको प्रकरण (क)१० अनुसार मध्यस्थताबाट त्यसको निर्णय गराउनको लागि विपक्षी समक्ष अनुरोध गरी म समेतका व्यापारीले आफ्नो तर्फबाट मध्यस्थ नियुक्त गरी मिति ८।६।०३२ सूचना पठाएको र १०।६।०३२ मा सूचना बुझी तदनुसार मध्यस्थ नियुक्त गरेको सूचना समेत विपक्षीले नदिएको र करार बमोजिम ४५ दिन पनि नाघी सकेको, दिनुपर्ने जुट गोदाममा रहि रहेबाट गोदाम भाडा र व्याज खर्च आदि बढ्दै गएकोले करार बमोजिम बाँकी जुट देउ भनी लेखी पठाउने गरेकोले करार बमोजिम दिनुपर्ने रकम दिई जुट लैजाने ०३३।१२।१८, ०३४।२।१७, ०२४।२।२३ मा समेत लेखी पठाउँदा कुनै जवाफ नदिई वखेडा गर्ने विचार बुझिएकोले हिसाब गरी दिनु होस् भनी ०३४।७।१५ मा जाँदा मालको मोल मात्र हिसाब गरी स्टोरेज आदि खर्चको हिसाब पछि गर्ने भनी हिसाब नगरी दिएकोले मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं.को म्यादभित्र र करारको दफा १०(१) को आधारमा फिराद गर्न आएको छु । करार बमोजिम विपक्षीले दिनुपर्ने रुपैयाँ हिसाब गरी दिलाई पाउँ भन्ने समेतको फिराद दावी रहेछ । ३. करार भएको मिति ०३२।२।१२ को ४५ दिनभित्र करार बमोजिम खरीद बिक्री भएको कुनै पनि प्रमाण वादीबाट पेश