निर्णय नं. २६५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०१/२१ २४०३ निर्णय नं. २६५२ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १८२६ आदेश भएको मिति : २०४३।१।२१।१ मा निवेदक : ल.पु.न.पं.वडा नं.२२ न्याघल बस्ने सम्यक गुठी नाग बहालका थकाली आशाकाजी बज्राचार्य विरुद्ध विपक्षी : श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय ललितपुरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) श्रेस्ता अड्डा मालपोत कार्यालयको निर्णय उपरको पुनरावेदन सुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिन्छ, त्यसरी पुनरावेदन हेरी सबूद प्रमाणको आधारमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयलाई अधिकार विहिन भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री प्रकाश बस्ती आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : जिल्ला कार्यालयको मिति २०४०।९।२५ को मालपोत कार्यालयको मिति २०४०।५।९ र २०४०।१०।१५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. नाग बहालमा अघि हाम्रा पूर्खाका पालादेखि सम्यक गुठी राखी परा पूर्वकाल देखि आलोपालो गरी चार वर्षमा एकपटक पाटन, काठमाडौं र भादगाउँका समेत गरी तीनै जिल्लाका तेतीसकोटी देवताहरूको पूजा पाठ दान, दक्षिणा समेत गरी श्री ५ महाराजाधिराज सरकार समेत प्रसाद चढाई आएको आउने गुठी हो । उक्त सम्यक गुठीको हक अधिकारको जग्गा तत्कालीन थकाली मानवडेनीका नाममा मौजे नागबहाल साविक २६३ नं. का पोता लगतमा दर्ता भएको बिर्ता उन्मूलन समेत ऐन, ०१६ बमोजिम २०२१।११।४ मा मानवडेनीकै नाममा गुठी जनिई रैकरमा दर्ता परिणत भएको सोभाहिटी भन्ने खेत रोपनी ३–०–० जग्गा ल.पु.न.पं.वडा नं.५(ज्ञ) कि.नं. १९९ बाट नापी भई रोपनी ३–७–० कायम भएको छ । नापी हुँदा सम्यक गुठी जनिइ जग्गावाला मानवडेनी हो भन्ने र मोहीमा विपक्षी बलबहादुर बुढाथोकी जनिएको थियो । निज मानबडेनी २०२३ सालमा निधन भएकोले गुठी थकाली अन्य व्यक्तिका नाममा नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा लिन बाँकी थियो । गुठीका थकाली म रिट निवेदक भएको छु । उक्त जग्गा विर्तावाला मानवडेनीले रैकर परिणत नगराई त्यसै रहेको म मोही भएकोले मेरा नाममा रैकर परिणत गरी दाखिल दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भन्ने विपक्षी मोहीले निवेदन दिनु भएकोमा विपक्षी मालपोत कार्यालयबाट राजगुठीमा दर्ता गर्न गुठी संस्थान गुठी तहसिल कार्यालय ललितपुरमा पठाई दिने भन्ने मिति २०४०।५।९ मा निर्णय भएछ । विपक्षी बलबहादुरको जिल्ला कार्यालयमा पुनरावेदन पर्दा राजगुठीमा दर्ता हुने अवस्थाको नदेखिएकोले मालपोत कार्यालयको मिति २०४०।५।९ को निर्णय बदर हुने ठहर्छ । पुनरावेदन जिकिरको ल.पु.न.पं.वडा नं.५(ज्ञ) कि.नं. १९९ को क्षेत्रफल ३–७–० जग्गा पुनरावेदक बलबहादुरका नाममा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा दिनुपर्ने ठहर्छ भनी विपक्षी जिल्ला कार्यालयबाट मिति २०४०।९।२५ मा निर्णय भएको छ । सो निर्णय अनुसार विपक्षी मालपोत कार्यालयबाट विपक्षी बलबहादुरलाई मिति २०४०।१०।१५ मा जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन निर्णय समेत गरिएको छ । नक