निर्णय नं. २६५३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०२/२६ २२३५ निर्णय नं. २६५३ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. १३५६ आदेश भएको मिति : २०४३।२।२६।२ मा निवेदक : जिल्ला सप्तरी गा.पं.रामनगर बहुअर्वा वडा नं.५ बस्ने राम औतार मण्डल धानुक विरुद्ध विपक्षी : जिल्ला भूमिसुधार अधिकारीको कार्यालय, सर्लाहीसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) छुट्टाछुट्टै उजूरी निवेदन परेकोमा छुट्टाछुट्टै मिसिल बनाई छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री ताराप्रसाद सापकोटा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : २. जिल्ला सर्लाही गा.पं.रामनगर बहुअर्वा वडा नं.४ कि.नं.८४ को क्षेत्रफल ०–११–० विगहा जग्गा साविकमा राम एकवाल सिंह एवं सोबाट खरीद गरी हाल प्रत्यर्थी भगलु साह तेली जग्गाधनी साथै साविक जग्गा धनीकै पालादेखि मेरा पिता जुगेश्वर मण्डल धानुक उक्त जग्गाको मोही भई कमाई आएकोमा २०३४ सालमा पिता परलोक हुनु भएपछि तत्पश्चात मैले अटुट रुपमा उक्त जग्गा जोती आएकोले भूमिसम्बन्धी ऐनको दफा २६ उपदफा (१) बमोजिम मेरो नाउँमा मोहियानी हक नामसारी गरिपाउँ भनी मैले प्रत्यर्थी भूमिसुधार कार्यालय समक्ष दावा लिएकोमा उक्त जग्गा राम एकवाल सिंहसँग मिति २०३२।२।५ मा खरीद गरेर लिएपछि बृजनन्दनलाई कबूलियत गरी कमाउन दिएको छु जुगेश्वर मण्डल र निजको छोरा राम औतार मण्डल समेतले मेरा उक्त जग्गा नकमाएकोले मुद्दा खारेज गरिपाउँ भन्ने प्रतिवाद प्रत्यर्थी मंगलुले लिएको र भूमिसुधार कार्यालय सर्लाहीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र २५(१) बमोजिम मोही कायम गरी माग्ने दावी बृजनन्दन साह तेलीका नाममा मोही कायम हुने ठहर्छ, राम औतार मण्डलले जग्गा नै नजोतेको देखिएकोले निजको नाममा मोही नामसारी गर्ने मिलेन भनी मिति ०४२।२।२७ मा निर्णय गरियो । म निवेदक राम औतारको मोही नामसारी गरिपाउँ भनी प्रत्यर्थी मगलु साह उपर छुट्टै निवेदन परी र प्रत्यर्थी बृजनन्दन साहको पनि मोही कायम गरिपाउँ भनी प्रत्यर्थी मगलु साह उपर छुट्टै निवेदन परी अलग अलग मिसिल खडा भएकोमा दुवै मिसिलमा एउटै गोश्वारा निर्णय गरिएबाट अ.बं. १८५ को प्रतिकूल निर्णय भएको छ । सम्मानीत सर्वोच्च अदालतले रिट नं.११०० बच्चुराम विरुद्ध भू.सु.अ. काभ्रेपलाञ्चोक भएको उत्प्रेषण रिटमा मिति ०३२।१२।३०।१२ मा छुट्टाछुट्टै उजूरी दिएकोमा छुट्टै मिसिल खडा गरी निर्णय नगरी एउटै निर्णय गरेको अ.बं. १८५ नं. को त्रुटि हुने भनी नजीर प्रतिपादित भएको छ । बहुसंख्यक सरजमीनको मानिसले उक्त जग्गा मैले नै जोती भोगी आएको भनी लेखाई दिएका छन् । एकाको नाममा मोही लगत खडा रहकै अवस्थामा कानुनको यथोचित विधि अवलम्बन गरी लगत कट्टा नगरी जग्गा धनीले अर्कोलाई मोहीमा कमाउन दिन मिल्ने न्यायोचित एवं कानुन देखिँदैन । प्रत्यर्थीबाट पेश भएको मिति ०३२।१०।१५ को कबूलियत भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) बमोजिमको छैन । प्रत्यर्थी बृजनन्दन उल्लिखित जग्गा