निर्णय नं. २९८४ - हातहतियार खरखजाना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९८४ - हातहतियार खरखजाना भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/१०/०६ २६२४ निर्णय नं. २९८४ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.फु.नं. २३ मुद्दा : हातहतियार खरखजाना निवेदक/वादी: श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: जि. स्याङजा चित्रभन्ज्याङ गा.पं. वडा नं. ७ बस्ने मनोरथ रिजाल फैसला भएको मिति: २०४३।१०।६।३ मा प्रमुख जिल्ला अधिकारीलाई शुरु कारवाही किनारा गर्न तोकेको मुद्दामा प्रमुख जिल्ला अधिकारी स्वयं कार्यालयमा उपस्थित रहे भएको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले आफ्नो इजलास कायम गरी बयान गराउन पाउने अधिकार कुनै कानूनले प्रदान गरेको देखिन्न । (प्रकरण नं. १७) डायर भएको प्रहरी प्रतिवेदन दावी नै खारेज हुने ठहरी निर्णय नभएसम्म इन्साफ दिनु पर्ने काम बाँकी नै रहन्छ । मुद्दामा कुनै एउटा कारवाही बेरीत भएको कारणबाट वा कुनै कर्मचारीले आफूलाई प्राप्त नभएको अधिकार प्रयोग गरी बेरीतको कुनै काम कारवाही गर्दैमा वादीले दावी लिएको कुरामा कारवाही किनारा नै हुन नपर्ने होइन । (प्रकरण नं. १९) निवेदक वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंहः- सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर वादीको श्री ५ को सरकारको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३७।९।१२ का दिन मुक्तिनाथले पञ्चवलीमा रमाइलो गर्न बन्दुक पठाई देऊ भनी भनेकोले देवबहादुरले नं. ११६९ को भरुवा बन्दुक निजकै नाममा रिन्यू भएको र मुक्तिनाथलाई वारुद दिएको भनेकोमा मनवीरको नाउँमा नं. ३२०७ को भरुवा बन्दुक दर्ता भएको समेत हुँदा संकलित सबूद प्रमाणबाट देवबहादुरका नाउँमा दर्ता भएको भरुवा बन्दुक गृहकोट भैरवस्थानमा लाने पञ्चवलीमा रमाइलो उत्सव मनाउन देवबहादुरले बन्दुक र मनवीरले वारुद दिएको देखिएकोले आत्मसुरक्षाको लागि लिइएको बन्दुक लाइसेन्सको शर्त उल्लंघ गरेको देखिएकोले देवबहादुर मनवीरलाई खरखजाना ऐन, ०१९ को दफा २२ अनुसार सजायँ हुन र बन्दुक लाइसेन्स नभएको मनोरथले बन्दुक प्रयोग गरेको देखिँदा निजलाई हातहतियार खरखजाना ऐनका दफा ५ को बर्खिलाप गरेको देखिँदा ऐ. ऐनको दफा २०(२) अनुसार सजायँ हुन पेश गरेका छौं । मनोरथको सम्बन्धमा निजले बन्दुक पड्काई लेखबहादुर मर्न गएको ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतमा पेश गरी सकेकोले कारवाही सम्पन्न भएपछि पेश गर्नु भन्ने प्रहरी प्रतिवेदन । ३. मुक्तिनाथले म बाट बन्दुक लगेका हुन् बारुद कहाँबाट ल्याए थाहा छैन । बन्दुक पड्काउँदा लेखबहादुरको मृत्यु भएको कुरा सुनें यस भन्दा अघि कुनै घटना घटाएको छैन भन्ने देबबहादुरले जि.का. स्याड्डजामा गरेको बयान । ४. मुक्तिनाथले म बाट बारुद लगेका हुन । मेरो पुरानो बन्दुक हुदाँ अपरिचित मानिससँग बारुद किनी राखेको थिएँ कसको बन्दुक लग्यो मलाई थाहा थिएन । मनोरथले बन्दुक पड्काउँदा लेखबहादुरको मृत्यु भएछ बारुद दिन नहुने थाहा भएन भन्ने मनवीर राणाले जि