निर्णय नं. २६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/२२ २३८० निर्णय नं. २६५४ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. १४७६ आदेश भएको मिति : ०४३।३।२२।१ मा निवेदक : विराटनगर न.पं.वार्ड नं. १० बस्ने पुष्पनिधि तिवारी विरुद्ध विपक्षी : जि.मोरङ बविया विर्ता गा.पं.वार्ड नं.३ स्थित निम्न माध्यमिक विद्यालय दौलतपुरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) आफ्नो जग्गा कसैले दर्ता गराएको भए सबूद प्रमाणको आधारमा अदालतमा नालेश गरी हक गराउनु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको प्रस्तुत रिट निवेदन तथ्य यसप्रकार छ : २. १९७० सालको दर्तावाला इस्का चौधरी र इन्का छोरा बुहारी पाला देखिको वविया विर्ता गा.पं.वार्ड नं. ४(क) को नक्शामा देखिने त्यै पोखरी पश्चिमपट्टी नक्शाबाट देखिने वार्ड नं. ६(ग) को जग्गा समेत ०१४ सालको बालीदेखि मैले राजीनामा पास गराई भोगचलन गरेपछि हाल स्कूलका सभापति सखिचनले तेतारु नाउँ राखी पैनीको मुख बन्द गरे खुलाई पाउँ भनी उजूर गरेको सोही पुरानो कच्ची बाँधदेखि अं.११०० फुट तल मैले ०२३ सालमा कच्ची बाँध बाँधी सो बाँध पूर्व छेउबाट आफ्नै अवादी खेतमा पैनी बनाई पटाउने गरेको उक्त ४(क) को नक्शाबाट देखिन्छ । उक्त पैनी र पोखरी आफ्नै नम्बरी जग्गालाई पानीले डुबाइएकोले अर्काले खर खिचोला नगरोस् भनी गा.पं.ऐन, २९(क) बमोजिम मेरो नाउँमा दर्ता गरिपाउँ भनी द.नं.५७८ मिति ०३१।१२।२५ मा जग्गा आवाद गर्नेको ७ नं. बमोजिम मेरो नाउँमा दर्ता गर्न मनासिब ठहराई सरजमीन समेत भएको विपक्षी सखिचन समेतले म उपर ०१७।५।२ मा यहि जग्गाको बाँध पैनलाई लिएर विराटनगर गोश्वारामा दिएको मुद्दामा गराएको नक्शामा हालको विवादको कि.नं.१७० हाम्रो १९७० सालदेखिको हो भन्ने देखिन्छ । मैले पक्की बाँध बाँधेकोमा ०३९ सालमा ललितबहादुर समेतले पक्की साइफल बाँध भत्काए भन्ने मेरो मोरङ जि.अ.मा. उजूर पर्दा भएको नक्शामा समेत सो बाँध वविया विर्ता गा.पं.वार्ड नं.४(क) कि.नं. १७० मा देखिएकै छ । उक्त कि.नं.१७० को जग्गा पानी पोखरी हुँदा हामीले पटन गरी रहेकोमा गाउँ पञ्चायत सभाको बैठकले समेत गाउँ पञ्चायत सभापति स्कूलले दर्ता गराएको बेमनासिब हुँदा बदर गर्ने समेत ०३५।१२।२६ का गाउँ सभाले पास गरेको निर्णय जिल्ला पञ्चायतमा कारवाही निमित्त पठाउनु पर्नेमा जिल्ला शिक्षा कार्यालयमा पठाए । ३. साविकदेखि मेरो भोगको खला जलकर भएको स्कूलले बाली लगाई आम्दानी गर्न समेत नसक्ने भए पनि साविकको मेरो झगडीया भएका सखिचन भन्ने तेतारु समेतले मलाई असर पार्न स्कूलको नाममा दर्ता भए पनि कसको भोगमा छ भनी स्कूलले सोधेकोमा मैले मेरो भोगको भनी जवाफ दिएको मैले भोगिरहेको अवस्था विपक्षी गाउँ पञ्चायतले मेरो साविक देखिको पटानको कि.नं.२७० को जलकरलाई ठेक्का लगाउन नोटिस टाँसेको कुरा ०४१।३।६ मा नक्कल पाएको हुँदा निवेदन गर्न आएको छु । साविकदेखि मैले पठाई आएको पनि पक्की बाँध समेत बाँधी खेत पटाई आएको जग्गा गाउँ पञ्चायत ऐन, ०१८ को दफा २४ को उपदफा (ख) बमोजिमको सम्पत्ति बेच विखन गरी वा अरु कुनै किसिमले हक छाडी दिने हक गाउँ पञ्चा