निर्णय नं. २९८५ - खिचोला मेटाई दर्ता हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९८५ - खिचोला मेटाई दर्ता हक कायम समेत भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/१२/१० २१९७ निर्णय नं. २९८५ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.फु.नं. ९४ मुद्दा : खिचोला मेटाई दर्ता हक कायम समेत पुनरावेदक/वादी: काठमाडौं नगरपञ्चायत वडा नं. २१ जैसीदेवल बस्ने ठूलो कान्छा परलोक भई मु.स. गर्ने र आफ्नो हकमा समेत ऐ न्हुगवाहाल बस्ने धु्रव बानियाँ विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं. वडा नं. २१ जैसीदेवल बस्ने रम्भादेवी क्षेत्री फैसला भएको मिति: २०४३।१२।२०।६ मा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा हो भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण पनि कुनै देखिन नआएको हुँदा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा रहेछ भन्न मिलेन। (प्रकरण नं. १६) विवादित जग्गा प्रतिवादीले दर्ता गराउँदा स्ववासी भनी दर्ता गराएको छ तर निजको मात्र एकलौटी हकको हो भन्ने लिखत प्रमाण पेश गर्न सकेको पनि छैन यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर विवादित जग्गा प्रतिवादीको मात्र एकलौटी जग्गा भन्न पनि मिलेन । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला उल्लेखित मुद्दाः फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी वादीको पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. हाम्रो बाबु बाजेको पालादेखि का.जि. जैसीदेवल न्हूगल बाहालमा घरवास गरी बसोवास गरी आएको ४।५ पुस्ता भई सकेको उक्त ठाउँका जग्गा स्ववासी भई अवछिन्न भोगचलन समेत गरी आएका छौं । वादी म ठूलो कान्छाको बाबु म धु्रवको बाजे विष्णुलालको छोरा जेठा लक्ष्मण बानियाँ माहिला म ठूलो कान्छा, कान्छा बुद्धिबल बानियाँ ३ छोरा भएकोमा म वादी ध्रुवको बाबु बुद्धिबल हुन् । दाजु तथा जेठा बाबु लक्ष्मण गत २००६ सालतिरै परलोक हुनु भएको र उहाँको श्रीमती सुखिया पनि ०२३ सालमै परलोक हुनु भएको हाम्रो बाबु तथा बाजेको हक खाने हामी मात्र भएकोले उपरोक्त ठाउँको स्ववासी घर जग्गा आफ्नो अंश भाग गरी आएको र जेठा लक्ष्मणको अंश भागको घर उहाँकी श्रीमती सुखियाले नै निज विपक्षवालालाई गत ०२६।५।२३ गते राजीनामा गरी दिएको । उक्त राजीनामा गरी लिँदा ३ पुस्ताभित्रको हकदार र अंशियार समेत कोही छैन भनी लेखी दिएबाट म वादी ध्रुव बानियाँले हकदार नदेखाई जालसाजी गरे भनी फिराद गरेकोमा ०३४।१२।१ मा थाहा भएको भन्ने मनासिब नहुँदा वादी खारेज हुने ठहर्छ भनी ०३५।५।१५ गते का.जि.अ. बाट फैसला भएकोमा सर्वोच्च अदालत समेतबाट अनुमति नपाउने भनी ०३७।४।२५।४ मा आदेश भएको पूर्व चक्रबहादुरको घर साँध, पश्चिम वादी मध्येकै ध्रुव बानियाँको एकलौटी घरचोक, उत्तर चक्रबहादुरको घर र विपक्षकै घर सो घर अगाडि म ध्रुव समेतको साझा ढलापात र कुमारी थानमा जाने गल्ली बाटो साँध दक्षिण सडक यति चार किल्ला भित्रको जग्गाको पूर्व पश्चिम लड्ड १८’।४” अठार फिट चार इन्च भएको पूर्वतर्फ अर्थात् चक्रबहादुरको घरतर्फ उत्तर दक्षिण चौडाई फिट २५’ बीच साझा ढलापात तथा गल्ली बाटा नेर उत्तर दक्षिण चौडाई १९’।४” उन्नाइस