निर्णय नं. २६५५ - आयकर (आ.ब.२०३० बै.चै.)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५५ - आयकर (आ.ब.२०३० बै.चै.) भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/०२ २४१२ निर्णय नं. २६५५ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ७३७ फैसला भएको मिति : २०४३।३।२।२ मा पुनरावेदक : भक्तपुर स्थित नवदुर्गा चित्र मन्दिरको प्रोप्राइटर भ.पु.न.पं.वा.नं. १५ बस्ने दैवज्ञरत्‍न विजुक्ष विरुद्ध विपक्षी : कर कार्यालय, काठमाडौं मुद्दा : आयकर (आ.ब.२०३० बै.चै.) (१) डिष्ट्रीब्यूटर करको नामबाटै सो कर डिष्ट्रीब्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने । (प्रकरण नं. ११) (२) काम गर्नेहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्‍न पर्ने रकम मनासिबै भएको र प्रतिष्ठाको लागि र कर्मचारी रहेछन भनी सर्वसाधारणले जान्नको लागि यूनिफर्मको समेत व्यवस्था गरेको हुँदा संचय कोष र यूनिफर्ममा खर्च गरेको विवादीत रकमहरू मनासिब नै देखिएको छ । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. आर्थिक वर्ष ०३० बैशाख चैत्रमा व्यापारबाट खुद नाफा ३२,४७२।४८ र पारिश्रमिकबाट रु.६९६०।३३ भएको उल्लेख गरिएको नाफा नोक्सान वासलात समेत साथै कर कार्यालय काठमाडौंमा ०३१।२।२ मा पेश गरेको आय विवरण । ३. विल्डीङ मर्मत कौशी र पर्खाल मर्मत गरेको खर्च हो । फिल्ड डिष्ट्रीब्यूटर कर ११४६८।२७ कम्पनीहरूबाट फिक्समा लिएको हुँदा डिष्ट्रीब्यूटर कर तिर्न बुझाउन नमानेको हुँदा तिरिएको मिन्हा पाउनु पर्दछ । यूनिफर्म प्रत्येक साल दिई आएको छ । भन्ने व्यहोराको करदाताको बयान । ४. आयकर ऐन, ०३१ बमोजिम मनासिब खर्च मिन्हा दिई आवश्यक भन्दा बढी देखिएको र मिन्हा दिन नमिल्ने निम्न रकम बिल्डीङ मर्मत रु.८५३०।७४ फिल्ड डिष्ट्रीब्यूटर कर रु.११४६८।२७ ओभर टाइम भत्ता रु.१३३७७।६६ स्टाफ सञ्चय कोष २७,२२९।२० शम्भुनाथ गुप्ताको तलब रु.९३५०।८८ युनिर्फम खर्च रु.४५७०।५० अतिथि सत्कार पूजाआजा आदि खर्च रु.८९४२।५४ मोटरभाडा खर्च मध्ये १५००।– र्‍हास कट्टी देखिएको रु.५४२७।५४ र विवरण अनुसारको ३२४७२।४८ तथा हलको प्रोप्राइटरले ने.बैं.लि.बाट पाएको पारिश्रमिक ६,६९०।३३ समेत गरी जम्मा खुद आय रु.१२९५६०।३४ कायम भएकोले सो मा आर्थिक ऐन अनुसारको लाग्ने कर रु.५२८२६।७९ मा अग्रिम कट्टी देखिएको रु.२०५।७० कट्टा गर्दा बाँकी हुन आउने रु.५२६२१।९ आयकर निर्धारण आदेश प्राप्त भएको ३५ दिनभित्र ने.रा.बैंकमा दाखिल गर्नु होला भन्ने समेत व्यहोराको ०३४।१२।२८ को कर कार्यालय काठमाडौंको आयकर निर्धारण आदेश । ५. सो आयकर निर्धारण आदेश उपर खर्चका रकमहरू मिन्हा गरी पेश गरेको विवरण अनुसार खुद आय कायम गरी कर निर्धारण गरिपाउँ भन्ने व्यहोराको ०३५।२।३ मा राजश्व न्यायाधीकरण काठमाडौंमा परेको पुनरावेदन । ६. फिल्म वितरक, कर, मर्मत खर्च, यूमिफर्म खर्च, सवारी खर्चमा उचित मिन्हा दिएकै हुँदा बढी खर्च नदिएको न्यायोचित नै छ । शम्भूनाथ गुप्ताको तलब रु.९३५०।८८ खर्च मिन्हा नदिएको हकमा जय नेपाल चित्रकारको निर्णयमा सो खर्च