निर्णय नं. २६५६ - धनीपूर्जा पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६५६ - धनीपूर्जा पाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/२१ २२५३ निर्णय नं. २६५६ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको दे.पु.नं. ६६३ फैसला भएको मिति : २०४३।३।१२।६ मा पुनरावेदक/प्रतिवादी : विराटनगर नगर पञ्चायत वडा नं.४ बस्ने ठगनाथ उपाध्याय चापागाई विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.१ बस्ने गंगाप्रसाद उपाध्याय भट्टराई मुद्दा : धनीपूर्जा पाउँ (१) तेरो मेरोको प्रश्न उठेकोमा अदालतमा उजूर गरी आफ्नो हक कायम गरी ल्याएपछि सोही बमोजिम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पुनरावेदकले दिएका निवेदनमा पुनरावेदकको अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा पुनरावेदन जिकिर संक्षिप्त निम्न प्रकार छ : २. कसैनी गा.पं.अन्तर्गतको हामीहरूका सगोल दर्ताको रैति नं. १३८ को जग्गा सर्भे हुँदा वडा नं.२(ङ) कि.नं. १ को जग्गाको जग्गा छुट भएछ । २०२७।१२।२ मा नक्शा लिई हेर्दा थाहा भएकोले सो नक्शा हाम्रै कायम गरी धनी पूर्जा समेत पाउँ भन्ने समेत व्यहोराको प्र.पुरुषोत्तम चापागाईले मिति २०२७।१२।६ मा दिएको निवेदनमा पिठमा मुक्तिप्रसाद समेतले सनाखत गरेको । ३. नापीमा जस्ताको तस्तै भएकै होला भनी घरमा श्रेस्ता मिलाई नापी गर्न गएकोमा हाल हेर्दा अघि नापी भए बमोजिम नभई कसैनी गा.पं.वडा नं.२(ङ) कि.नं. १, १४ तथा १७ जग्गाधनी पूर्जामा नचढेकोले जो बुझ्नुपर्ने बुझी मेरो जग्गा मेरै कायम गरिपाउँ भन्ने गंगाप्रसादले २०२७।१२।८ मा निवेदन दिई २०२७।१२।२७ मा गरेको सनाखत कागज । ४. उक्त उल्लिखित कारवाही चलेको जग्गामा नै सो जग्गाको जिमदारी मातृकाप्रसाद थपलियाले आफ्नो एकाघरका छोरा गोविन्दप्रसादका नामको रसीद देखाई मेरो कसैनी गा.पं.वडा नं.२(ख) कि.नं. २८ र १२४ तथा १२५ र ऐ.(ङ) कि.नं. १४ को जग्गा मेरो हो भनी निवेदन गरे भन्ने सुनेकोबाट निवेदन गरेको छु उक्त कि.नं. २६ को जग्गा निर्वाणप्रसाद समेतको हो र कि.नं. १२४ र १२५ तथा १४ को जग्गा मेरो हो यी कित्ताहरू मेरो नाममा दर्ता गरी ज.ध.प्र.पूर्जा पाउँ भन्ने समेत व्यहोराको गंगाप्रसादको निवेदन । ५. गंगाप्रसादको नम्बरी जग्गा हो भन्ने कृष्णबहादुर समेत २० जना र मुक्तिप्रसादको भन्ने गंगा बन सन्यासी समेत १२ जना र नम्बरी ऐलानी जान्दिन गंगाप्रसाद समेतले खाएका छन् भन्ने पंचा खवास समेत ६१ जना र ऐनाली नम्बरी के हो थाहा छैन उक्त जग्गा ठगनाथ समेतले खाएका छन् भन्ने समेत १२ जना र केही जान्दिन भन्ने २ जना समेत भएको सरजमीन मुचुल्का । ६. कसैनी गा.पं.वडा नं.२(ङ) कि.नं. ११४ तथा १७ को र ऐ.२(क) कि.नं. १२४ र १२ को जग्गा फिल्डबुक उतारबाट पर्ति देखिएको कि.नं.२८ को जग्गा निर्वाणकुमार भट्टराई समेतका नाममा कायम भएको सो बाहेक अरु विवरणमा गोविन्दप्रसाद थपलिया गंगाप्रसाद भट्टराई पुरुषोत्तम, मुक्तिप्रसाद समेतको दावी देखिएको गंगाप्रसादले ०२४।८।१७ मा पूर्जा बुझेको र ठगनाथले ०२७।१०।१९ मा पूर्जा बुझेको उक्त कित्ताहरूमा तेरो मेरो देखिएकोले तेरो मेरो छुट्याउने काम यस कार्यालयको अधिकार क्षेत