निर्णय नं. २६५७ - जालसाजी फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६५७ - जालसाजी फैसला बदर भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४२/१२/१० २५५१ निर्णय नं. २६५७ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ४६० फैसला भएको मिति : २०४२।१२।१०।१ मा पुनरावेदक/वादी : ल.पु.जि.छम्पी गा.पं.वार्ड नं. ३ घाइछाप बस्ने रुपबहादुर गौतम विरुद्ध विपक्षी/प्रतिवादी : का.जि.सोखेल गा.पं.वार्ड नं. ५ कोरीखाना बस्ने दिव्यश्वरी चौलागाईसमेत मुद्दा : जालसाजी फैसला बदर (१) दाताकै हक नरहेपछि वादीका हक रहने प्रश्नै नहुँदा विवादीत जग्गा बण्डा हुने ठहर गरेको ल.पु.जि.अ.को फैसला बदर गरी पाउँन भन्ने वादी दावी नपुग्ने भनी ठहर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।१।२६।३ को फैसलामा कानुनी त्रुटि हुँदा चित्त नबुझी उक्त फैसला उपर वादी रुपबहादुर गौतमको पुनरावेदनको अनुमति पाउँ भनी यस अदालत समक्ष पर्न आएको प्रस्तुत जालसाजी फैसला बदर मुद्दाको संक्षिप्त विवरण तथा निर्णय निम्न प्रकार छन् : २. मेरो हक भोग तिरोको ल.पु.छम्पी गा.पं.वार्ड नं. २(ख) कि.नं. ३४ को रोपनी ५–१४–२ र ऐ.ऐ.कि.नं. ३६ को ४–१०–× बाट मेरो हक मेट्ने गरी वादी देवप्रसाद लोकबहादुर प्रतिवादी रामचन्द्र समेत भएको जालसाजी मुद्दामा ०३६।३।१९ मा भएको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको रुपबहादुरको फिरादपत्र । ३. अ.बं. ७२ नं. को प्रतिकूल भएको फिराद बमोजिम फैसला बदर गर्न पाउने अधिकार जिल्ला अदालतलाई कुनै ऐनले दिएको छैन । फिराद दावीको जग्गा तायदातीमा परि रोक्का समेत भएको कुरा ०३५।५।६।३ मै थाहा भएकोले हक हनन् भएको भए तेसै बखत उजूर गर्नुपर्ने थियो । हाल मात्र सो कुरामा फिराद दिन आएको हुँदा उक्त फिराद खारेज हुनुपर्छ भन्ने समेतको दिव्यश्वरी समेतको संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. फैसला बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको ०३८।९।२४ को ल.पु.जि.अ. को फैसला रहेछ । ५. ल.पु.जि.अ.को उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको वादी रुपबहादुरका बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. जालसजी मुद्दामा भएको फैसलाबाट वादीलाई प्रतिकूल असर परेको भन्न सकिएन तसर्थ वादी दावी नपुग्ने गरी शुरु जि.अ.ले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत बा.अं.अ.को ०३९।४।२२ को फैसला रहेछ । ७. बा.अं.अ.को ०३९।४।२२ को उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेतको वादी रुपबहादुर तथा प्रतिवादी दिव्यश्वरीको छुट्टाछुट्टै म.क्षे.अ.मा परेको निवेदनमा न्या.सु.ऐन, २०३१ को दफा १३(४) बमोजिमको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ. सिंगलबेञ्चको मिति ०४१।७।१० को आदेश रहेछ । ८. ०३०।३।२० को सट्टापट्टाको लिखित जालसाजी ठहरी फैसला भएबाट मुक्तिनाथकै हक समाप्त हुने भएपछि रुपबहादुरको हक कायम रहि रहने अवस्था नहुँदा फैसला बदर गरी पाउँ भन्ने वादी दावी नपुग्ने गरी गरेको बा.अं.अ.को फैसला मिलेकै देखिन्छ । तर दावी नपुग्ने भएपछि सो ठहरलाई असर पर्ने गरी बुँदा उल्लेख गर्न नमिल्ने हुँदा दावी नपुग्ने भनिएको ठहरको विरोध पर्ने गरी उल्लेख गरिएको बुदाँसम्म बदर