निर्णय नं. २९८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/०५ ३२५० निर्णय नं. २९८६ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको रिट फु.नं. ४६ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : जिल्ला पर्सा मडली गाउँ पञ्चायत वडा नं. ३ बस्ने शेषनाथप्रसाद कुर्मी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने मकवुल अहमद। भूमि सुधार अधिकारी ,भूमि सुधार कार्यालय,पर्सा। आदेश भएको मिति : २०४३।११।५।३ मा शब्दको व्याख्या गर्दा सवै अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गर्न मिल्दैन । विशेष कानूनमा भएको विशेष व्यवस्थालाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन । (प्रकरण नं. २२) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) मा उल्लिखित छोराहरू भित्र उक्त दफाको प्रयोजनको लागि धर्मपुत्र पर्न सक्ने नदेखिएकोबाट मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा आफैले जन्माएको छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मात्र प्राप्त हुन सक्छ । मोही सम्बन्धी हक धर्मपुत्रलाई प्राप्त हुन सक्ने देखिन्न । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षीतर्फबाट : विद्वान सहन्यायाधीवक्ता श्री जीतबहादुर कार्की, विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विद्वान अधिवक्ता श्री दमन ढुड्डाना उल्लिखित मुद्दा: २०४१ सालको रिट नम्बर २२२९, ने.का.प. ०४३ भाग २८ अंक ४ पृष्ठ संख्या ३१५ आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः यस अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. प्रतिरक्षीका नाममा दर्ता रहेको जिल्ला पर्सा मुडली गा.पं. वडा नं. ३ कि.नं. १९१ ज.वि. ०–१६–१० हरिनन्दन कुर्मी मोही हुनु भएकोमा निज मिति २०४२।१।१५ मा स्वर्गीय हुनुभयो। प्रतिरक्षीले मोही हरिनन्द स्वर्गीय भएको र निजको पत्नी छोराहरू नभएबाट मोही लगत कट्टा गरिपाउँ भनी मिति २०४२।२।२३ मा भूमिसुधार कार्यालय पर्सामा निवेदन दिएको हरिनन्दनले मलाई मिति २०४०।९।१० मा धर्मपुत्र राख्नु भई मिति २०४२।१।१५ मा स्वर्गीय भएकोले मेरा नाममा मोही नामसारी गरिपाउँ भनी मैले निवेदन दिएको थिएँ । मैले निवेदन गर्दा विपक्षीले निवेदन गरेको थाहा पाई म धर्मपुत्र छँदाछँदै मोही लगत कट्टा हुन नसक्ने भनी निवेदन गर्नुको साथै २०४१ को कुतबाली भूमिसुधार कार्यालय, पर्सामा धरौट राखेको छु भनी २०४२ साउनमा भूमिसुधार कार्यालय, पर्सामा निवेदन गरेको थिएँ । मेरो निवेदनमा प्रतिरक्षीले धर्मपुत्रलाई ऐनको २६(१) बमोजिमको हक प्राप्त नहुने भनी प्रतिवाद गर्नु भयो । नेपाल कानून व्याख्या सम्बन्धी ऐनमा बाबु र छोराको स्पष्ट व्याख्या गरे बमोजिम मेरा नाममा नामसारी हुन पर्ने मैले प्रतिवाद गरेको थिएँ विपक्षी अधिकारीले ऐनको २६(१) दफामा धर्मपुत्रको नाममा मोही नामसारी गर्ने व्यवस्था नदेखिँदा शेषनाथ प्रसादको भाग बमोजिम गर्न नमिल्ने भनी मोही लगत कट्टा गरी दिने ठहर्‍याई मिति २०४२।५।७ मा निर्णय गर्नु भयो । ३. “छोरा” शब्दले धर्मपुत्रलाई पनि जनाउने “बाबु” शब्दले धर्मपुत्र राख्ने पितालाई