निर्णय नं. २६५८ - कपाली सामाब्याज समेत दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६५८ - कपाली सामाब्याज समेत दिलाई पाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/२२ २४१६ निर्णय नं. २६५८ ने.का.प. २०४३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०४१ सालको दे.पु.नं. ६४३ फैसला भएको मिति : २०४३।१२।२२।६ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.२१ बस्ने पुण्यविक्रम राणा विरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.१७ ठहिटी बस्ने केशरबहादुर राजभण्डारी मुद्दा : कपाली सामाब्याज समेत दिलाई पाउँ (१) कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनुपर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभएसम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) म्यादभित्र नपरी म्याद नघाई परेको वादीको फिरादबाट कारवाही गर्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त र विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त उल्लिखित मुद्दा : ०२६ सालको दे.फु.नं. ५९ निवेदक वादी युवराज सिं प्रधान विपक्षी मोहन सोनार समेत भएको लेनदेन मुद्दामा सिद्धान्त प्रतिपादित । फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।६।२८।१ को फैसलामा चित्त नबुझी उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी पुण्यविक्रम राणाको निवेदनमा अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. ०२६।५।२६ गते विपक्षीले मसँग रु.३३,६४५।– लिनु भई साँवा बापत निजको हकको का.जि. लगनको ब्लक नं. ५।२७ को घर धितो लेखी सयकडा १०।– प्रतिशतका दरले ब्याज व्यहोराको लख बन्धकी कागज लेखी म्यादभित्र पास गरी दिउँला भनी सापटी दिनु भई म्यादभित्र पास नगरी दिएबाट लिखत पासमा फिराद परी सो लिखत करकाप सँग गराएको भनी विपक्षीको म उपर फिराद परी उक्त करकाप लिखत पास मुद्दा करकाप नठहर्ने गरी श्री सर्वोच्च अदालतबाट ०२९।२।२१ गते विपक्षीलाई हराई लिखत पासतर्फ लेखिएको सम्पत्ति विपक्षीको देखिन आएको पास नहुने ठहरी निर्णय भएबाट अन्तिम निर्णय भएको मितिले ३५ दिनभित्र फिराद गरेको छु । विपक्षीले लिएको ३३, ६४५। र त्यसको सयकडा १० प्रतिशतले हुने लेनदेन व्यवहारको ७ नं. बमोजिम ब्याज रु.३३,६४५।– समेत रु.६७,२९०।– कपाली सरह विपक्षीको जेथाबाट भराई पाउँ भन्ने वादीको ०३९।३।२४ को फिराद दावी । ३. विपक्षीले ०२६।५।२६ को घरायसी लिखतको आधार लिई ०३९।३।२४ मा १२ वर्षपछि दिएको नालेश लाग्नै नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादी दावी बमोजिम रु.६७,२९०।– प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.जि.अ.को ०३९।६।१८ को फैसला । ५. काठमाडौं जिल्ला अदालतको फैसलामा कानुनी त्रुटि हुँदा चित्त बुझेन, सो फैसला बदर गरी बुझाउनु पर्ने ठहरेको सामा ब्याज तथा कोर्टफी समेतबाट छुट्कारा गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी पुण्यविक्रम राणको म.क्षे.अ.मा परेका पुनरावेदन । ६. सर्वोच्च अदालतबाट ०३९।२।२१ मा लेखत पारीत नहुने ठहर भएपछि ३५ दिनभित्र साँवा ब्याज भराई पाउँ भनी परेको प्रस्तुत फिराद हदम्याद विपरीत भएको भन्न नमिल्ने हुँदा साँवा ब्याज भरी पाउने ठहर्‍याएको इन्साफ शुरु काठमाडौं जि.अ.को मनासिब ठ