निर्णय नं. २९८७ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९८७ - निषेधाज्ञा भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/२२ ४३९७ निर्णय नं. २९८७ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.फु. नम्बर ७७ विषय : निषेधाज्ञा निवेदक/प्रतिवादी: का.जि. गणबहाल बस्ने रतनलाल अग्रवाल विरुद्ध विपक्षी/वादी: ल.पु.न.पं. वडा नं. ४ जावलाखेल बस्ने नेपाल जे सुईज संस्थाको अध्यक्ष फाडर जेम्सड्रेस म्यान आदेश भएको मिति: २०४३।११।२२।६ मा निषेधाज्ञा नागरिक अधिकार ऐन, २०१२ अन्तर्गत कुनै नागरिकको हकमा अर्को व्यक्तिद्वारा आघात पार्ने आशंकाको स्थिति भएकोमा नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा (२) बमोजिम हुने आशंका भएको कार्य रोकी पहिले जुन अवस्थामा जुन चिज थियो सोही अवस्थामा रहन दिन अदालतद्वारा जारी गरिने आदेश हो । निषेधाज्ञा मूलतः कार्य हुने आशंकाको स्थितिमा मात्र जारी हुने । (प्रकरण नं. १७) यदि निर्विवाद हकभोग देखिएकोमा मात्र निषेधाज्ञाको आदेश जारी गर्ने हो र विवादित जग्गामा हक बेहकको प्रश्न उठी दुवै पक्ष बीच अदालतमा झगडा परिरहेको स्थितिमा अदालतबाट अन्तिम टुंगो नलागे सम्म त्यस्तो विवादको जग्गामा प्रतिवादीबाट जुन कार्य गर्न लागेको आशंकाको स्थिति छ सो कार्य हुन दिने हो र परिरहेको मुद्दा टुंगो नलागे सम्म यथास्थिति राख्न निषेधाज्ञाको आदेश जारी गर्न इन्कार गर्ने हो भने निषेधाज्ञाको आदेशको निष्प्रयोजन हुन जाने स्थिति हुन्छ । निषेधाज्ञाको आदेशद्वारा हक बेहक गराउने कुरा होइन तथापि यथास्थिति कायम राखी कानूनी बाटो अनुसरण गराउने हो । (प्रकरण नं. १९) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः यस अदालत डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. यस संस्थामा भई परी पाउने अड्डा खानाको कामको लागि मासिक तनखा दिई विपक्षी ठाकुरप्रसादलाई राखेको निज मार्फत यस संस्थाको नाममा थापाथली का.न.पं. वडा नं. ११ को जग्गा कित्ताहरू विभिन्न मितिमा खरीद गरी राखेको थियो । नक्शा पास गर्न अराएकोमा नक्शा पास नगरेको र कर तिर्न भनी लगेको २०।२५ लाख रुपैयाँ कर पनि नबुझाएकोले उक्त व्यहोरा श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउँदा बक्स भएका हुकुम प्रमांगी बमोजिम का.जि.अ.मा देवानी र फौज्दारी गरी ३६ वटा मुद्दा र वि.प्र.वि.बाट पनि कारवाही भएको छ । खरीदी जग्गा कित्ताहरू मध्ये कि.नं. ५६, २१७ को कित्तामा प्रतिवादीहरुले घर बनाउने भनी इँटा र बालवा ओसार्ने गरेकोले घर बनाउने आशंका हुँदा नागरिक अधिकार ऐन, २०१२ को संशोधन दफा १७ को दफा (१) बमोजिम निवेदन गरेको हुँ । दायर रहेको मुद्दाहरू अन्तिम फैसला नभएसम्म उक्त जग्गा कित्ताहरूमा पर्खाल लगाउने घर बनाउने काम समेत नगर्नु भन्ने निषेधाज्ञा जारी गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३८।१।२४ गतेको निवेदनपत्र । ३. वादी दावीको कि.नं. ५६, २१७ को जग्गा मिति २०३२।१०।१६ मा सोल्टी होटेल प्रा.लि.को प्रभाकर शमशेर ज.ब.रा.बाट राजीनामा रजिष्ट्रेशन गराई लिई सर्भे नापी हुँदा मेरै नाममा नापी भएको स्थायी निस्सा पाएको छु । का.न.पं. वडा नं. ११ थापाथलीको जग्गा सं