निर्णय नं. २६५९ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६५९ - ज्यान भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०१/२५ २५८३ निर्णय नं. २६५९ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०४१ सालको फौ.पु.नं. ६०४ फैसला भएको मिति : २०४३।१।२५ मा पुनरावेदक/प्रतिवादी : सदर खोर डिल्ली बजारमा थुनामा रहेकी माया तामाड्डनी विरुद्ध विपक्षी/वादी : जयबहादुर मुक्तानको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) तथ्य प्रमाणको अभावमा दोषी ठहर्याउनु न्यायोचित नहुने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री वैजनाथ उपाध्याय विपक्ष/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।८।२५।२ को फैसला उपर चित्त नबुझी प्रतिवादी माया तामाङ्गनीको पुनरावेदन परी पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. घरमा आई दिसा बस्न भनी जाँदा तेजबहादुर योन्जनको घर पछाडि अम्बाको रुख मुनी खैरो कुकुरले ख्रोसी रहेको देखी के रहेछ भनी हेर्दा बालकको लाश गाडिरहेको रहेछ । मायाँ तामाङ्गनी उपर शंका लागेकोले जाहेर गर्न आएको छु भन्ने व्यहोराको जयबहादुरको जाहेरी । ३. मलाई मेरो लोग्ने दुर्गा तामाङ्ग र माइती गाउँका मुक्तानबहादुर तामाङ्गले संभोग गरेका थिए मेरो पेटमा गर्भ रहन गई १० महीना पछि मबाट छोरो जन्म भई सो छोरा जन्मी सकेपछि दुई पटक च्याँ च्याँ गरेको थियो केही बेर पछि नकराएकोले म आफैंले सो बालकलाई माटोमा गाडेको हुँ । मरिसकेको होला भन्ने विचारले गाडेको भन्ने माया तामाङ्गनीले प्रहरीमा गरेको बयान । ४. माया तामाङ्गनीले आफूले बच्चा पैदा गरी बालकलाई गाडेकी रहीछ निजले सो जीवितै गाडेकी हो वा मरिसकेपछि गाडेकी हो निजनै जानुन भन्ने व्यहोराको सरजमीन मुचुल्का । ५. निज प्र.मायाँ तामाङ्गनीले आफ्नो माइती घरमा बसी आफूबाट बच्चा पैदा गरी एकान्त ठाउँमा बच्चा पाई सो पाएको बच्चाको स्याहार नगरी जिउँदो बच्चालाई मरिसक्यो भन्ने विचारबाट बच्चालाई खाल्डोमा गाडेकीले निज मायाा तामाङ्गनीले ज्यानसम्बन्धीको महलको १ नं. को अपराध गरेकोले ऐ.ऐ.१३(३) अनुसार सजायँ हुन प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. प्रहरीमा भएको बयान मेरो खुसी राजीबाट भएको हो । मेरो लोग्ने तथा २०३८ साल चैत्र महीनामा गाउँकै मुक्तानबहादुरले बेला बेलामा करणी गरी आएको हुँदा गर्भ रहेको र ९।१० महीना भएपछि २०३९ साल चैत्र १६ गतेका दिन अर्को माइती दक्षिणकाली गा.पं.वार्ड नं. ६ को पुगाउँका बाबुको घरमा सुतेको अवस्थामा मलाई बेथा लागेकोले विहान ३ बजेतिर बच्चा जन्मियो र जन्मिएपछि २ पटक च्याँ च्याँ गरेको थियो त्यसपछि म बेहोस भएँ होसमा आएपछि बच्चा नकराएकोले मरी सक्यो भन्ने ठानेर म बसेको घर पछाडि अम्बाको बोटमुनी लगी खाडल खनी पुरिदिएको हु भन्ने समेत व्यहोराको मायाँ तामाङ्गनीको ०४०।१।५ मा अदालतमा गरेको बयान । ७. बच्चाको शरीरको पोष्ट मार्टम गर्दा महीना नपुगी जन्मेको भन्ने देखिन्छ । सरजमीनका व्यक्तिको भनाइबाट पनि निजले बच्चा जन्माई गाडेको भन्ने समेत देखिन आएकोले प्रहरी माग दावी बमोजिम निज अभियुक्त मायाँ तामाङ्गनीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुन्छ । भन्ने समेत व्यहोराको का.जि.अ.को २०४०।८।१२ को जाहेरी फैसला । ८. उपरोक्त जि.अ.को फैसलामा चित्त नबुझी सो फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.मायाँ त