निर्णय नं. २६६१ - चरेश बिक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६६१ - चरेश बिक्री भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४२/१२/१३ २८३८ निर्णय नं. २६६१ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१ सालको दे.पु.नं. ६८८ फैसला भएको मिति : २०४२।१२।१३ मा पुनरावेदक/प्रतिवादी : सिंजा नराकोट गा.पं.वार्ड नं.२ नराकोट बस्ने खड्ग सिंह भन्ने खड्गबहादुर खत्री विरुद्ध विपक्षी/वादी : प्रहरी जयबहादुर खत्रीको जाहेरीले वादी श्री ५ को सरकार मुद्दा : चरेश बिक्री (१) सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. २३) (२) केबल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री निरञ्जन अर्याल विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.पृथ्वीबहादुर सिंह : मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. ०३६।९।८ गते दिनको २ बजे जुम्ला तर्फबाट आएको खड्ग सिं माथि शंका लागि निजले बोकी ल्याएको कुटिरो खोली हेर्दा चरेश भेटिएकोले खड्गबहादुरलाई चरेश सहित दाखेल गरेको छु भन्ने जयबहादुर खत्रीको प्रतिवेदन । ३. खड्ग सिंबाट बरामद भएको चरेश तौल गर्दा ५ के.जि. ६ ग्राम भएको भन्ने प्र.पं.बीरबहादुर समेतले गरि दिएको बरामदी मुचुल्का । ४. श्रीमती परलोक भएकी, घरमा ११ वर्षको छोरा र आफू बिरामी मानिस भई कमाई गरी दिने कोही नहुँदा नेपालगञ्जमा बिक्री गरी औषधी गर्नु भनी चरेश लि आएका खल्ला गाउँमा आएपछि प्रहरीले मेरो कुटीरो खोली चरेश बरामद गरेका हुन भन्ने समेत व्यहोराको खड्ग सिंले प्रहरीमा गरेको बयान कागज । ५. बोकी दिए बापत दिनको रु.१०।– दिई मेरो घरबाट चिलखाएसम्म पुर्‍याई दिन नारायणदत्तलाई भारी बोकाई दिएको, खल्ला भन्ने ठाउँमा प्रहरीले नारायणदत्तलाई पक्राउ गरेको कुरा चिलखाय भन्ने ठाउँमा सुने र म खलेलातर्फ फर्की आएँ । चरेश मेरो भनी मैले भनेपछि मलाई हिरासतमा राखी नारायणदत्तलाई छाडी दिएका हुन हाल कहाँ छन् मलाई थाहा छैन भन्ने खड्ग सिंले स.स.अ.तथा स.स.अ.मा गरेको बयान कागज । ६. खड्ग सिं चिलखायबाट आए नआएको कुरा थाहा छैन । जुम्लातर्फ आएका खड्ग सिं समेत ५ जनाको सामान चेक गर्दा चरेश निस्केको कसको हो भनी सोधनी गर्दा खड्ग सिंले मेरो भनेकोले अरु मानिसलाई छोडी दिएको हुँ भन्ने समेत व्यहोराको जयबहादुरले डोरमा गरेको कागज । ७. खड्ग सिं ले चरेश ल्याएको अवस्थामा खल्ला गाउँमा प्रहरीले पक्राउ गरेको भन्ने सुनेको हो भन्ने नरीलाल समेतको सरजमीन मुचुल्का । ८. दिनको रु.१०।– दिई नारायणदत्तलाई भरिया गराएको थिएँ भनी स.स.अ.मा खड्ग सिंहले बयान गरेको, नारायणदत्तलाई खोजी गर्दा फेला नपरेको, फेला परेको बखत कारवाही गरी छुट्टै मागदावी गर्ने र खड्ग सिंहको सम्बन्धमा चरेश औषधी गर्न ल्याएको छु भनी भनेकोले बुझिएका सरजमीनका मानिसले चरेश पक्राउ होला भन्ने कुरा जानी जानी ल्याएको होलान् जस्तो लाग्दैन । कानुनको ख्याल नहुँदा ल्याएको होला जस्तो लाग्छ । चरेश खड्सग सिंह बाहेक अरुले ल्याएको होला भन्न सक्दैनौ भनी बकी लेखाई दिएकोले लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा १४ को उपदफा (ख) अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ९. प्रहरी प्रतिवेदनको माग ब