निर्णय नं. २९८८ - हिसाब दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९८८ - हिसाब दिलाई पाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/२२ ३०२६ निर्णय नं. २९८८ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.फु.नं. १११ मुद्दा : हिसाब दिलाई पाउँ निवेदक/वादी: का.जि.ताहाचल ७।९ कमल लज बस्ने ज्यानबहादुर प्रधान विरुद्ध विपक्षी/प्रतिवादी : कोरिया सियुलमा मूल अफिस राखी का.न.पं. कमलादी गणेश पोष्ट बक्स नं. १०१० राखी बस्ने कोरियन डेभलमेन्ट कर्पोरेशनसमेत ऐ.ऐ बस्ने ऐ को एकजीक्यूटिभ डाइरेक्टर यू.एन.कीम फैसला भएको मिति : २०४३।११।२२।६ मा ठेकदारसंगको विवादको टुंगो अन्तिम भुक्तानी मिति ०३८।१२।१ मा भएपछि लागेको भन्ने उल्लेख भएको र वादीको फिराद मिति ०३४।६।१९ मा दायर भई सकेकोबाट नालेश पर्दाको अवस्थासम्म करारनामा बहाल रहेको देखिने । (प्रकरण नं. १४) कमिसन Due हुँदैमा मुद्दा गर्नु पर्ने कारणको सृजना हुने नभई Due भएको कमिशन दिन इन्कार गरेपछि मात्र मुद्दा गर्नु पर्ने कारण मान्नु पर्ने । (प्रकरण नं. २०) हरेक रनिङ बिलको आधारमा हुने भुक्तानीको साथ कमिशनको पनि माग गर्नु पर्ने तथा सो साथै मुद्दा गर्नु पर्ने कारण परेको मिति पनि शुरु हुने भन्ने नमिल्ने । (प्रकरण नं. २०) प्रतिवादीले कमिशन दिन स्पष्ट रुपले इन्कार गरेपछि नै वादीलाई मुद्दा गर्नु पर्ने कारण परेको मान्नु पर्ने । (प्रकरण नं. २१) निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंह:. निर्णयार्थ मिति २०४२।१।२० मा सर्वोच्च अदालत डिभिजन बेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : ३. विपक्षी कर्पोरेशनले काठमाडौं भैरहवा र विराटनगरमा विमान स्थलको विकास कार्य गर्न हवाई यातायात विकास योजनाको टेण्डर आव्हान बमोजिम ठेक्का पाएको थिए । म र विपक्षी बीच सन् १९७२।४।२२ मा सम्झौता भएको थियो । यस अनुसार विपक्षीको स्थानीय प्रतिनिधि भई काम गरे वापत कूल ठेक्का रकमको २ प्रतिशत मैले कमिशन पाउनु पर्ने हो । विपक्षीले हवाई यातायात विकास योजनाबाट रनिङ बिलहरू पेश गरी रु. ४,१८,००,०००।– प्राप्त गरी सकेकोले त्यसको २ प्रतिशतले हुने रु. ८,३६,०००।– मैले कमिशन पाउनु पर्नेमा हाल सम्म रु. २,१०,१६९।– मात्र मैले पाएको र रु. ६,२५,८३१।– नदिएको हुँदा सो रकम बारे लेखापढी गर्दा १९७७।८।२ मा मलाई कुनै रकम नदिने भनी लेखी पठाएकोले उक्त बाँकी रहेको रु. ६,२५,८३१।– भराई पाउँ भन्ने समेत फिरादपत्र । ४. विपक्षी र यो कर्पोरेशन बीच भएको करार बमोजिम विपक्षीले स्थानीय प्रतिनिधि भई काम गरे वापत रु. २,१०,१६९।– भुक्तानी दिई सकिएको छ । त्यसमा चित्त बुझेन भनी करार ऐनको दफा १८(२)(ग) को म्यादभित्र नालेश गरी लिनु पर्नेमा सो नगरी चूप लागि २४ सौं रनिङ बिलसम्मको कमिशन माग गर्दै मैनेजिङ डाइरेक्टरको नाममा २।६।७५ मा पत्र लेखेकोमा सो पत्रलाई मान्यता नदिएपछि ३ महिना भित्रै नालिश गर्नु पर्नेमा सो नगरी हदम्याद समाप्त भइसकेपछि २।८।७७ को पत्रबाट म्याद कायम गर्न मिल्दैन । यस कर्पोरेशनले रु. ४,१८,००,०००।– कुन आधारबाट प्राप्त