निर्णय नं. ८८३९ - राहदानी, नागरिकता कीर्ते समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८३९ - राहदानी, नागरिकता कीर्ते समेत भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०१/१० ५८२८ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८३९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कमलनारायण दास फौ.पु.नं. २०६४–CR–०५४४ फौ.पु.नं. २०६५–CR–०११२ फौ.पु.नं. २०६६–CR–०३४८ फैसला मितिः २०६९।१।१०।१ मुद्दाः राहदानी, नागरिकता कीर्ते समेत । पुनरावेदक प्रतिवादीः बाग्लुङ्ग जिल्ला, हरिचौर गा.वि.स.वडा नं.९ बस्ने दुर्गबहादुर बस्नेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गको पत्र जाहेरीले, नेपाल सरकार पुनरावेदक प्रतिवादीः बाग्लुङ्ग जिल्ला, बाग्लुङ्ग न.पा.वडा नं.३ घर भै मकवानपुर जिल्ला रातोमाटे गा.वि.स.वडा नं. ५ बस्ने पपिलमान शाक्य विरुद्ध प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गको पत्र जाहेरीले, नेपाल सरकार जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गको पत्र जाहेरीले, नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः बाग्लुङ्ग जिल्ला, दुदिलाभाटी गा.वि.स.वडा नं.३ घर भई बाग्लुङ्ग बजारमा होटल व्यवसाय गरी बस्ने शेरबहादुर खड्का शुरु निर्णय गर्नेः मा.न्या.श्री करुणानिधि शर्मा पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § एउटै जरियाबाट गरेको फरक–फरक कसूरका सम्बन्धमा एउटै अभियोगपत्र पेश गरिएकोलाई अ.वं.७२ नं. प्रतिकूल भन्न नमिल्ने । (प्रकरण नं.२१) § कुनै पनि ऐनमा अगाडिबाट कुनै विशिष्ट शब्दहरूको उल्लेखन भई पछाडिबाट इत्यादि भन्ने गोश्वारा र सामान्य अर्थबोधक शब्दको प्रयोग गरिन्छ भने त्यसबाट अगाडि उल्लेख भए जस्तै गुण, प्रकृति र चरित्र (Analogy) भएका थप अरु पनि विषयहरूलाई समेट्ने विधायिकी आशय रहेको थियो भन्ने अर्थ ग्रहण गर्नुपर्ने । § कानून व्याख्याका विभिन्न सिद्धान्तहरूमध्ये एक Ejusdem Generis Principle का अनुसार कुनै खास शब्दहरू अगाडि प्रयोग भएका छन् र त्यसपछि साधारण शब्दहरू प्रयोग भएका छन् भने ती साधारण शब्दहरूले अगाडिका खास खास शब्दहरूले जनाए जस्तै अर्थ वा विषयलाई जनाउने । § बढी गतिमा असावधानीपूर्वक चलाइएको बस, ट्रक, जीप इत्यादिको ठक्करले मानिस मर्न गएमा ज्यान मार्ने कसूर गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था गरिन्छ भने बढी गतिमा असावधानिपूर्वक चलाइएको कारको ठक्करबाट मानिस मारेको वारदात ज्यान मार्ने कसूरअन्तर्गत पर्ने कुरा स्वाभाविकै मानिने । (प्रकरण नं.२४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान अधिवक्ताहरू बल्लभ बस्नेत, रमनकुमार श्रेष्ठ, सुभाष पौडेल र ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल अवलम्बित नजीरः नेकाप २०६७, नि.नं.८५०४, पृष्ठ, १८७६ सम्बद्ध कानूनः § नागरिकता ऐन, २०२० को दफा १५ § मुलुकी ऐन, कीर्ते कागजको १,९,१२ § राहदानी ऐन, २०२४ को दफा ५ § मुलुकी ऐन, अ.वं.७२ नं. § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ फैसला प्र.न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत बाग्लुङ्गको मिति २०६४।२।८ को फैसलाउपर वादी र प्रतिवादी दुवैपक्षको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विदेश कारागारमा रहेका भनिएका कुलबहादुर खत्रीको नामबाट प्रतिलिपि नागरिकता झिकी राहदानी बनाउने प्रयासमा लागेका दुर्गबह