निर्णय नं. २६६३ - उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६६३ - उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/३० २३०५ निर्णय नं. २६६३ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १९५३ आदेश भएको मिति : २०४३।३।३०।२ मा रिट निवेदक : ललितपुर जिल्ला, खोकना गा.पं.वार्ड नं. ३ बस्ने बेखाबहादुर महर्जन विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ (१) अधिकार प्राप्त अधिकारीबाट कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. ल.पु.जि.सैवू भैसेपाटी गा.पं.वार्ड नं.२(ख) कि.नं. २७४ को क्षेत्रफल १–१४–० जग्गा जग्गाधनी बुद्धरामले विपक्षी मध्येका टेपु महर्जनलाई रु.१०००।– मा विपक्ष मालपोत कार्यालय, ल.पु.मार्फत ०३७।९।९ मा रजिष्ट्रेशन पारीत गरी राजीनामा गरी दिनु भएको थियो । लेनदेन व्यवहारको १२ नं. ले उक्त जग्गाको मोही म भएकोले मैले निखन्न पाउने हुँदा ०३८।४।९ मा थैली धरौट राखी निखन्न पाउँ भनी मालपोत कार्यालयमा निवेदन गरेको थिएँ । सो कार्यालयबाट लेनदेन व्यवहारको ११ नं. बमोजिम थाहा पाएको ३५ दिनभित्र हक सफाको निवेदन गर्नुपर्नेमा ०३७।९।१२ मा लिखत सारी लगी ०३८।४।९ मा म्याद नाघी परेको निवेदन खारेज हुने भनी ०३९।११।१७ मा र उक्त निर्णय उपर जिल्ला कार्यालय ललितपुरमा पुनरावेदन गरेकोमा मालपोत कार्यालयको इन्साफ मनासिब ठहर्छ भनी ०४१।९।३० मा निर्णय भयो दुवै तहको निर्णय कानुन अनुकूल नभएकोले पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा निवेदन गरेकोमा अनुमति प्रदान गर्न मिलेन भनी ०४१।११।८।३ मा आदेश भयो । ३. लेनदेन व्यवहारको १२ नं. मा सन्धी सर्पन पर्ने हकवाला नभए वा भए पनि निजले ननिखनेमा लेनदेन व्यहारको ११ नं. को म्यादभित्र निखन्न पाउँ भनी उजूर गरेमा निजले निखन्न पाउँछ भन्ने कानुनी व्यवस्था भएको छ । एउटै विषयवस्तुमा ११ नं. को आधारमा हकवालाले र मोही दुवैपक्षले उजूर गर्नु पर्छ भन्ने १२ नं. को कानुनी मनशायले मिल्ने कुरा होइन । सन्धी सर्पन पर्ने अरु हकवालाले निखनी लिन पाउने म्याद बाँकी छँदै म निवेदक मोहीले निखन्न पाउँ भनी उजूर गर्न नपाउने भएकोले लिखत ०३७।९।९ मा रजिष्ट्रेशन भएको मितिले ६ महीना व्यतित भएको ३५ दिनभित्रै ०३८।४।९ मा धरौट राखी निवेदन गरेकोमा ६ महिना ३५ दिन नघाएर निवेदन दिएको भन्ने कुरा मिलेको छैन । विपक्षीहरूबाट भएका निर्णयहरूले मेरो मौलिक हक र कानुनी हक हनन् भएको हुँदा उक्त निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने रिट निवेदक । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने यस अदालतको सिंगलबेञ्चबाट आदेश भएपछि प्राप्त लिखितजवाफको व्यहोरा यसप्रकार छ । ५. कानुनी उपचार पाइसकेपछि दायर गरेको रिट खारेज गरिपाउँ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत । ६. यस कार्यालयबाट कानुन बमोजिम निर्णय भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने जिल्ला कार्यालय, ललितपुर । ७. यस कार्यालयबाट ०३९।११।१७ मा भएको निर्णयले निवेदकको संवैधा