निर्णय नं. २९९० - उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९० - उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०२/१९ १९४५ निर्णय नं. २९९० ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट फुल बेञ्च नम्बर ५६ विषय : उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : सविता होजियारीको प्रो.का.जि. ताहाचल कालीमाटी बस्ने रमेशचन्द्र अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय। श्री ५ को सरकार अन्तःशुल्क विभाग केन्द्र भवन लाजिम्पाट,काठमाडौं। श्री अन्तः शुल्क कार्यालय,काठमाडौं। आदेश भएको मिति: २०४४।२।१९।३ मा कुनै उद्योग औद्योगिक व्यवसाय ऐन, अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा नै उक्त उपदफा (१)(२)(३) बमोजिम सुविधा पाएको उद्योग सम्झनु पर्ने । (प्रकरण नं. १५) उद्योग दर्ता हुनु भन्दा अघि नै अन्तःशुल्क छुट नदिने गरी श्री ५ को सरकारद्वारा तोकिराखेको र अन्तःशुल्क छुट नपाउने भन्ने सूचना प्रकाशित भए पश्चात मात्र दर्ता भई स्थापना भएको रिट निवेदकको उद्योग देखिएबाट निवेदकको प्रस्तुत उद्योगलाई औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) बमोजिम अन्तःशुल्क सुविधा पाएको उद्योग भन्न नमिल्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः यस अदालत डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधीशहरूका बीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१, को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४१।२।१ देखि उत्पादन शुरु गरेर औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) लगायत अन्य प्रचलित नेपाल कानूनले प्रदान गरेको अन्तःशुल्क सुविधा समेत रिट निवेदकले उपभोग गरी आएको छु । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) को देहाय (१) र (४) को प्रतिबन्धात्मक वाक्यांशले रिट निवेदक घरेलु उद्योगलाई सञ्चालन मिति २०४१।२।१ देखि ५ वर्षको लागि अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था गरेको छ । उक्त कानूनलाई आर्थिक ऐन, २०३८ को दफा ३ संग सम्बन्धित अनुसूची ५ मा व्यवस्थित द्रष्टव्यको देहाय खण्ड (३) ले घरेलु उद्योगहरूबाट तयार हुने सबै किसिमको वस्तुमा अन्तःशुल्क लाग्ने छैन भनी थप पुष्टी गरेको पाइन्छ । सो कानूनी प्रावधानलाई आर्थिक ऐन, २०३९ को दफा ३ तथा अनुसूची ५ आर्थिक ऐन, २०४० को दफा ३ तथा अनुसूची ५ को द्रष्टव्यको देहाय खण्ड २ ले समेत व्यवस्था नगरी कायमै राखेको छ । मिति ०४१।३।२६ को सूचित आदेश सामयिक कर असूल ऐन, २०१२ को दफा ३ अन्तर्गतले पनि रिट निवेदकलाई अन्तःशुल्क लगाएको छैन । २०४१।३।२६ मा प्रकाशित सूचना (अन्तःशुल्क ऐन, २०१५ को दफा ३(१) अन्तर्गत) बाट आर्थिक वर्ष ०४१।०४२ मा लाग्ने अन्तःशुल्क दरबन्दी तोकियो । यस सूचनाको शिर्षक १५–४ अन्तर्गतको कृ