निर्णय नं. २९९१ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९१ - लिखत बदर भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/१२/०३ २०३७ निर्णय नं. २९९१ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलस सम्वत् २०४२ सालको देवानी फुल बेञ्च नम्बर ७९ मुद्दा : लिखत बदर निवेदक/प्रतिवादी : का.न.पं. वडा नं. १३ कालिमाटी बस्ने रतनलाल केडिया विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. वडा नं. ११ बस्ने क्षेत्रबहादुर पुरी फैसला भएको मिति: २०४३।१२।३।३ मा साविक जग्गाधनीले विवादित कि.नं. को जग्गा प्रतिवादीलाई फार्छे राजीनामा लिखत गरी दिँदा विवादित जग्गाको मोही भई पक्की घर बनाई बसी आएका वादीलाई मोहीमा जनाउनु पर्ने र घरको स्थानमा पक्की घर उल्लेख गरी राजीनामा लिखत गरी दिनु पर्नेमा सो नगरी मोहीमा आफैं भनी र पक्की घरको सट्टा कच्ची घर उल्लेख गरेको कानून विपरीत देखिने । (प्रकरण नं. १७) निवेदक,प्रतिवादी तर्फबाटःX विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।२।९ को निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादी रतनलाल केडियाको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत विन्तिपत्र पर्दा नेपालको संविधान २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी दिनु भन्ने बक्स भई आएका प्रमांगी बमोजिम लगतमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ज.प्रकाश शमशेर ज.ब.रा. का नाममा मौजे थापाथली हा.नं. १२ मा भूमिप्रशासन कार्यालयमा दर्ता भएको ज.रो ५–९–० मध्ये पूर्व तथा दक्षिण हिकमत शमशेरको जग्गा पश्चिम पर्खाल उत्तर मूल सडक यति ४ किल्लाभित्रको १–४–० मलाई मोहियानीमा २०२९।१।१४ मा कबूलियत बमोजिम कमाउन दिई तिरो प्रकाश शमशेर ज.ब.रा.लाई बुझाई आएको छु । निज जग्गावालासँग घर बनाउन अनुमति मागी पक्की घर बनाई धारा र बिजुली समेत जडान गरी कमाई घरमा बसी आएकोमा उक्त ५–९–० मध्ये पूर्व परमेश्वरको जग्गा पश्चिम छाता भण्डारको पर्खाल उत्तर मूल सडक दक्षिण रतनलाल केडियाको जग्गा भनी ४ किल्ला हाली १–४–० आनामा रुख बास झारी कच्ची घर समेत भएको भनी मोही महलमा आफैं भनी जग्गा २०३२।१०।१६ मा मलाई थाहै नदिई राजीनामा पारीत गराउनु भएछ । उक्त जग्गा सर्भे नापी का.न.पं. वडा नं. १ कि.नं. ३३ को १–९–१–३ ठहर हुन आएको उक्त प्रकरण नं. १ मा लेखिएको ४ किल्लाभित्रको जग्गाको विपक्षीहरूले आपसमा धनी र ऋणीको बुहारी बनी राजीनामा गराएको जग्गा एउटै हो पक्की घरलाई कच्ची भनी मेरो हक लोप पार्न खोजेको म देखि बाहेक विपक्षीका बीच भएको लिखतले मेरो हक टुट्न सक्दैन घर बनाउनेको ४ नं. अनुसार मेरो घर उठाउन समेत सकेको छैन। ऋण म राजीनामा गरिदिने श्री ज.प्रकाश शमशेर ज.ब.रा. सो लिखत भएपछि स्वर्गवास हुनु भएकोले उहाँको श्रीमती धर्मराज्य लक्ष्मी बाबा महारानी राणाका नाममा समेत यो फिरादपत्र अ.बं. ८२ नं. लेनदेन व्यवहारको ४० नं. र घर बनाउनेका ४ जग्गा पजनीको ६ नं. समेतको आधारमा प्रस्तुत गर्दछु । जग्गावालाको हैसियतमा राजीनामा गर्न पाउने देखि बढी कुरा मोही आफैं भन्ने र पक्की घरलाई कच्ची घर भनी मैले कमाएको जग्गा रुख बाँस घारी समेत समावेश गरी सो लिखत राजीनामा बदर गरिपाउँ भन्ने समेत फिरादपत्र दावी । ३. मोहीको कबूलियत पञ्चायतमा दाखिल भएको छैन । विपक्षीले आफूले बनाएको घर भनी उल्लेख गर