निर्णय नं. २६६५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६६५ - भ्रष्टाचार भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०२/१३ ३४७६ निर्णय नं. २६६५ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ४०२, ४०३ फैसला भएको मिति : २०४३।२।१३।३ मा पुनरावेदक/प्रतिवादी : नारायणी धान चामल निर्यात कम्पनी लिमिटेड वीरगञ्जको लेखा प्रमुख शंकरप्रसाद उपाध्यायसमेत विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार (१) पेश्की फर्छ्यौट गर्ने कार्यमा टिप्पणी सहित पेश गरेको र सो लाई लेखा प्रमुखले सदर गरी पेश्की फर्छ्यौट गर्ने कार्य गरेकोमा निजहरू सो काममा संलग्न थिएनन् भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ३१) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी/वादीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत मुद्दा म.क्षे.अ.बाट भएको निर्णयमा प्रतिवादीको चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी छुट्टाछुट्टै पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : नारायणी धान चामल निर्यात कम्पनी वीरगञ्ज निम्न शाखाका निम्न व्यक्तिले गरेको भ्रष्टाचार सम्बन्धमा पूर्ण विवरण साथ उजूर गरेको छु कारवाही गरी सजायँ समेत गरिपाउँ भन्ने मिथिलेश्वर तिवारीको निवेदन । ३३२० क्वीन्टल कनिका पार्टीको हो । कम्पनीले कमिशन लिई पार्टीकै खर्चबाट भन्सार महसूल बुझाई निर्यात गरेको रु.३५०४०।– को भन्सार रसीद तथा जनकपुर धान चामल निर्यात कम्पनी लिमिटेडले आफ्नो खर्चबाट नारायणी धान चामल निर्यात कम्पनीका नाउँमा निर्यात गरेको ८३५ क्वीन्टल चामलको रु.१००२०।– भन्सार महसूल बुझाएको रसीद कम्पनीले बुझाएको रसीद साथ राखी नरोत्तमलाल समेतले पेश्की फर्छ्यौट गराएको रुपैयाँ ४५०६०।– समेत देखिन्छ । सो कटाउँदा निज गोदाम शाखाको नरोत्तमलाल जिम्मा रु.८५,९३२।– पेश्की बाँकी छ मैले कम्पनीको रकम मासी खाएको छैन भन्ने लेखा प्रमुख शंकरप्रसाद उपाध्यायको विशेष प्रहरीमा गरेको बयान । ३. मलाई थाहा भएसम्म पार्टीको चामल निर्यात भएको छैन । मसँग पेश्की बाँकी छैन कनिकाको भन्सार महसूल सम्बन्धित पार्टीहरूले नै बुझाएको छन् र उक्त रसीद जानी बुझी पेश्की फर्छ्यौटको लागि मैले पेश गरेको छैन । आफ्नो नाउँमा भन्सार महसूल बुझाउन रु.७२५४०।– पेश्की लिएको रकम पेश्की फर्छ्यौट गरी सकेको छ । जनकपुर धान चामल निर्यात कम्पनीले ८३५ क्वीटल चामल निर्यात गरेको भन्सार रसीद पेश्की फर्छ्यौटको लागि दाखिल गरेको छैन । उक्त रसीद कसरी पर्न गएको र लेखा शाखाले पेश्की बाँकी कसरी देखायो म जान्दिन । कम्पनीमा पार्टीहरूले तिरेको कनिका भन्सार रसीदहरू भुक्तानी लिएको खाएको छैन भन्ने नरोत्तमलाल श्रेष्ठको ततिम्बा सहितको विशेष प्रहरीमा गरेको बयान । ४. जनकपुर धान चामल निर्यात कम्पनी लिमिटेडको ८३५ क्वी. चामलको र पार्टीले तिरेको कनिकाको रसीद कम्पनीमा पेश गरी मेरो नाउँमा र चुम्बितकुमारको नाउँमा रहेको पेश्की फर्छ्यौट गराई हामीले लिएको पेश्की अनुसार चामल निर्यात गरेको रसीदहरू आफ्नो नाउँमा पेश गरेको बढी पेश्की फर्छ्यौट गराई कम्पनीको रकम खाने नियत अपनाउनु भएको देखिन्छ भन्ने गोदाम सहायक द्वारिकाप्रसाद पोखरेलको विशेष प्रहरीमा गरेको बयान । ५. जनकपुर धान चामल न