निर्णय नं. २६६६ - दर्ता बदर गरी दर्ता गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६६६ - दर्ता बदर गरी दर्ता गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/०२ २४६० निर्णय नं. २६६६ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ६४६ फैसला भएको मिति : २०४३।३।२ मा पुनरावेदक/प्रतिवादी : जि.सुनसरी सोनापुर गा.पं.वडा नं.८ बस्ने अच्छेलाल ठाकुर हजामसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.घर भई हाल वविया गा.पं.वार्ड नं. ९ बस्ने सिविया ठाकुर हजामनी मुद्दा : दर्ता बदर गरी दर्ता गरिपाउँ (१) यो यस परिबन्धबाट हाम्रो हक भोगको हामीले नपाउन पाउने जग्गा हो भनी प्रतिवादीको प्रमाण खण्डमा प्रमाण दिई प्रतिवाद गर्न नसकेको र वादीले देखाएको निजको हक भोगको श्रोतलाई खण्डन गर्न पनि नसकेको हुँदा यसप्रकारको दुषित दर्तालाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मिति २०४१।७।२९ मा भएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पर्न आएको पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्नानुसार छ । २. मेरो लोग्ने र ससुराको नाममा दर्ता रहेको नयाँ सोनपुर वा.नं. ८(क) कि.नं.११६, ११७, ११८, १०८ र ८५ वा.नं. ७(ख) को समेत जग्गाहरू मध्ये वहाँहरूको स्वर्गेबास पश्चात सबै नापी हुँदा विरामी परी आफ्नो नाममा दर्ता गराउन नसक्दा, मालपोत भने तिरी रहेको अवस्थामा विपक्षीहरूले संयुक्त रुपमा दर्ता गरी कि.नं. ११८(क) को जग्गा विपक्षी ३ जना र म समेत ४ जनाको नाउँमा संयुक्त दर्ता गराएकोले शेष पछिका विपक्षीहरूबाट र उक्त जग्गा म जीवितै अवस्थामा दर्ता गरे गराएको हुँदा दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीबाट समयमा नै उक्त जग्गाहरू आफ्नो नाममा दर्ता गराउन कारवाही पनि नभएको र मालपोत समेत तिरेको प्रमाण नहुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. विवादास्पद जग्गा पहिला लोग्ने ससुराको नाममा दर्ता र हाल वादी कै भोग चलन गरेको देखिँदा प्रतिवादीहरूबाट गराएको दर्ता बदर गरी वादीको नाममा दर्ता गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३८।५।१ को शुरु सुनसरी जि.अ.को फैसला । ५. शुरु इन्साफ चित्त नबुझी ०३८।७।३ मा कोशी अं.अ. मा दायर भएको पुनरावेदनपत्र । ६. म्याद भित्र दायर नभएको फिरादपत्र उपर कारवाही गर्न नमिलेकोमा कारवाही गरी गरेको निर्णय खारेज हुन्छ भन्ने समेत व्यहोराको मिति ०३९।१।२ मा भएको कोशी अं.अ. को फैसला । ७. कोशी अं.अ. को खारेजी फैसला उपर चित्त बुझेन शुरुको निर्णय बमोजिम होस् भन्ने समेत व्यहोराको मिति ०२९।१।१९ मा पू.क्षे.अ. मा दिएको पुनरावेदन । दावीले जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भएपछि धनी पूर्जा नपाएकोले ४५ दिनभित्र सम्बन्धित अधिकारी समक्ष उजूर गरेको भनी फिरादमा उल्लेख गरेकोमा सो कुरालाई प्रतिवादीले पनि प्रतिउत्तरपत्रमा स्वीकार गरेकै देखिन आयो । दावीले विवादका कि.नं. हरूमा जग्गा साविक कि.नं. २२४, २२५ समेत ससुरा पतिका नाउँको दर्ताको जग्गा हो भनी दावी लिएकोमा सो कुरा होइन भनी प्रतिवादीले खण्डन गर्न नसकेको र विवादको जग्गाको हक पुग्ने श्रोत यो हुनाले हामीलाई पाउने अधिकार छ भनी प्रतिवादीहरूले प्रमाणित गर्न समेत नसकेको यस