निर्णय नं. २९९२ - परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९२ - परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/२५ १९५६ निर्णय नं. २९९२ ने.का.प. २०४४ अङ्क२ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रि.फु. नम्बर ४० विषय : परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : काठमाडौं ताहाचल स्थित प्रेम एण्ड प्रेमको प्रो. का.न.पं. वडा नं. १३ बस्ने प्रेमबहादुर माली विरुद्ध विपक्षी : श्री आय निर्धारण समिति श्री कर विभाग, काठमाडौंसमेत आदेश भएको मिति: २०४४।१।२५। मा श्री ५ को सरकारले आय कर ऐन, ०३१ को दफा ४०(१) अन्तर्गत आफूलाई प्राप्त अधिकार महानिर्देशक कर विभाग वा कर अधिकृत मध्ये कुनैलाई प्रत्यायोजन गरी सुम्पन सक्ने । (प्रकरण नं. १२) जबसम्म कुनै कर दाताको सम्बन्धमा खुद आय निर्धारण गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वक सूचना दिई सो आय सम्बन्धमा खण्डन गर्न वा सबूद प्रमाण साथ सफाई पेश गर्ने मौका प्रदान गरी मात्र खुद आय कायम गरिँदैन तबसम्म त्यस्तो खुद आयलाई कानून बमोजिम कायम भएको खुद आय मान्न मिल्दैन । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह आदेश न्या.पृथ्वीबहादुर सिंहः यस सर्वोच्च अदालत डिभिजन बेञ्च समक्ष निर्णयार्थ पेश हुँदा माननीय न्यायाधीशहरूका बीच रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. यस फर्मले आफ्नो हिसाब किताब राखेको छ । सो हिसाब किताबको आधारमा आ.ब. ०३१।०३२ को आय विवरण पेश गरेकोमा विपक्षी कर कार्यालय, काठमाडौंले कपोलकल्पित आधारको सृजना गरी हिसाब नभएको भनी एक्कासी आय निर्धारण समितिमा पेश गरी विपक्षी आय निर्धारण समितिले पनि कुनै सबूद प्रमाणतर्फ ध्यान नदिई मलाई बुझ्दै नबुझी न्यायिक मनको प्रयोग समेत नगरी हचुवा तवरले मिति २०४१।३।१३ मा रु. १,१५,५५९।४५ खुद आय कायम गर्ने निर्णय गरेको र सो आधारमा विपक्षी कर कार्यालयबाट मिति २०४१।३।१५ मा कर रु. ४६,२८२।७० कायम गरी आयकर निर्धारण आदेश गरी गैरकानूनी तवरले कर असूल गर्न खोजिएको छ । ३. मेरो फर्मको खुद आय कायम गर्ने अधिकार विपक्षी आय निर्धारण समितिलाई छैन । विपक्षी आय निर्धारण समितिको गठन गैरकानूनी छ । आयकर ऐन, ०३१ को दफा ४०(१) अन्तर्गत गठन गरिने आय निर्धारण समिति पनि कुनै खास करदाता वा कुनै खास वर्षका करदाताको खुद आय निर्धारण गराउने प्रयोजनको लागि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एकजना अध्यक्ष र बढीमा चारजना सदस्य भएको आय निर्धारण समिति गठन गर्न सक्ने व्यवस्था छ । तर सो बमोजिम समिति गठन भएको छैन श्री ५ को सरकारद्वारा प्रकाशित मिति २०४०।८।२६ को राजपत्रको सूचनाले गठित आय निर्धारण समितिमा श्री ५ को सरकारले तीनजना सदस्य तोकेको छ र उक्त सदस्यहरू मध्येबाट एकजना अध्यक्ष तोक्ने अधिकार कर विभागलाई सुम्पी समिति गठन भएको छ । श्री ५ को सरकारलाई त्यसरी अधिकार सुम्पने र सदस्य मध्येबाट अध्यक्ष तोक्न लगाउने अधिकार छैन । अतः गठित समिति गैरकानूनी भएको र गैरकानूनी आय निर्धारण समितिबाट प्राकृतिक न्यायको सिद्धान्त विपरीत आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिमको सूचना