निर्णय नं. २९९३ - दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९३ - दर्ता बदर दर्ता भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०२/२६ २४५६ निर्णय नं. २९९३ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.इ.नं. ९१ मुद्दा : दर्ता बदर दर्ता निवेदक/प्रतिवादी: जिल्ला सिहरा सारस्वर गाउँ पञ्चायत वडा नं. ५ बस्ने गर्भु यादव विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने मिठ्ठु यादव फैसला भएको मिति: २०४४।२।२६।३ मा वादीका दाताका नाममा जग्गा दर्ता कायम नरही प्रतिवादीका नाउँमा नामसारी दर्ता भई सकेपछि सो प्रतिवादीका नाउँका दर्ता बदर नभई वादीले जग्गा पजनीको २(क) नं. अनुसार जहिले सुकै नामसारी गर्न मिल्ने भन्न मिल्दैन । नामसारी दर्ता कानूनले तोकेको हदम्याद भित्र उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १६) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दा : सम्मात गोसाईको मु.स. गर्ने नविन्द्रनाथ गोसाई विरुद्ध श्यामलाल थारु भएको ०३१ सालको दे.फु.नं. ५४ को जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालत फुल बेञ्चबाट ०३३।३।२६ मा निर्णय भई सिद्धान्त प्रतिपादित भई ने.का.प. २०३३ अंक ४ पृष्ठ ५२ मा प्रकाशित । फैसला न्या.पृथ्वीबहादुर सिंह: श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।७।६ को निर्णय दोहर्‍याई पाउँ भनी गर्भु यादवले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।८।२८ मा लेखी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. रुन्ची गुवारनीसंग २०२४।४।२४ मा राजीनामा रजिष्ट्रेशन बमोजिम वादीको सगोलको पत्नी सतिया यादवनीले ०–३–१२ जग्गा खरीद गरिपाएको, सर्भेमा गा.पं. सारस्वर वा.नं. ५ कि.नं. २५ को ०–२–१० र ऐ कि.नं. २४९ को ०–२–० समेत ०–४–१० कायम भएकोमा मैले भोगचलन गर्दै गरी पुनः रुन्चीसंग रु. ९९।– मा वादीको पत्नी सतियाले २०२७।५।१५ मा कि.नं. २४०५ को ०–१–१६ जग्गा समेत खरीद गरी भोगी रहेकोमा कुनै विवाद थिएन, सो जग्गा ०२८ सालसम्मको मालपोत जिम्मेदारीमा र ०२९ सालदेखि संस्थान सिरहामा बुझाई आएको छु । उक्त जग्गाधनी प्रमाणपूर्जा पाउन मेरो पत्नी सतिया यादवनी ०३१ सालमा परलोक भई सकेको हुँदा २०३४।३।२० गतेमा भू.सु.का. सिरहामा निवेदन दिएकोमा ०३४।६।३ को आदेशानुसार उक्त जग्गाहरू ०३१।४।१७ को निर्णयानुसार गर्भु यादवको नाउँमा नामसारी भई गएकोले हक बेहकमा निर्णय गराउनु पर्ने अवस्था सृजना भएको हो । राजीनामा गराई जग्गामा हक समाप्त गराई लिने व्यक्तिले ज.प. को २(क) दस्तुर तिरी जहिलेसुकै दाखिल दर्ता गराउन पाउने व्यवस्था भएको हुँदा उक्त जग्गा दाखिल खारीज गराउने म्याद यथावत कायम नै भएकोले गर्भु यादव, रुन्ची यादवनीको अपुताली खाने हकदार भई निजको नाउँमा नामसारी भए पनि सो जग्गाको दर्ताबाट साविक जग्गाधनी भन्ने हुँदा विपक्षीको नाउँबाट दर्ता बदर गरी म वादीको नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको मिठ्ठु यादवको फिराद दावी । ३. मैले विपक्षीको हकको कुनै जग्गामा पनि खिचोला गरेको छैन, वादीले दावी लिएको जग्गामा विपक्षीहरूको हक अधिकार नभएकोले मेरो नाउँको उक्त जग्गाको द