निर्णय नं. ८८४० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८४० - उत्प्रेषण समेत । भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०३/१४ ४२६९ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६७–WO–०९०८ आदेश मितिः २०६९।३।१४।५ विषयः उत्प्रेषण समेत । निवेदकः जिल्ला सप्तरी, भारदह गाउँ विकास समिति वडा नं. ८ बस्ने रामदेव यादव समेत विरुद्ध विपक्षीः जिल्ला सप्तरी भारदह गाउँ विकास समिति वडा नं. ८ बस्ने विशेश्वर यादव समेत § परिणाममा तात्विक फरक नपारी फैसलाको लेखाइमा कि.नं. ३ उल्लेख हुनुपर्नेमा कि.नं. १ उल्लेख भएका कारणले भएको सामान्य त्रुटि सच्याउनको लागि फैसला संशोधनको आदेश भएको अवस्थामा उक्त आदेश जिल्ला अदालत नियमावली, २०५२ को नियम ५१ र ५२ को शब्द र मनसायविपरीत भएको नदेखिने । (प्रकरण नं.५) § फैसलामा लेखाई वा टाईपको सामान्य भूल सच्याउने गरी भएको संशोधन आदेशले फैसलाको परिणाममा कुनै अन्तर पार्न नहुने हुनाले त्यसबाट मुद्दाको अर्को पक्षको हक र अधिकारमा कुनै असर नपर्ने, निजलाई थप दायित्व नलगाइने, सजाय नगरिने वा सामाजिक रुपले लाञ्छित नगरिने हुँदा सुनुवाइको मौका दिनुपर्छ भन्नुको कुनै औचित्य वा प्रयोजन नहुने । (प्रकरण नं.६) § फैसला भैसकेको मुद्दामा कानूनबमोजिम पुनरावेदनको रोहबाट विचार गरिने हुनाले अ.वं. १७ नं. को रोहबाट विचार गर्ने अवस्था नै नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता सुरेन्द्र खड्का विपक्षी तर्फबाटः विद्वान अधिवक्ता सुरेशकुमार कार्की अवलम्बि नजीरः सम्बद्ध कानूनः § अ.वं. १७ नं. § जिल्ला अदालत नियमावली, २०५२ को नियम ५१, ५२(१) आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मधुकरको दुई छोरा जेठा स्व. बैरसु, कान्छा स्व. हरिलाल हुन् । बैरसुका तीन छोरा हामी निवेदकहरू हौं । हरिलालको दुई छोरा जेठा गणेशी, कान्छा विशेश्वर हुन् । गणेशीको पत्नी मिनीदेवी यादव हुन् । सप्तरी जिल्ला अदालतमा हरिलालको हाँगाको मिनीदेवीले दे.नं. १९११ को अंश दर्ता मुद्दा–१ र विपक्षी विशेश्वरले दे.नं. १७८५ को अंश दर्ता मुद्दा–१ गरी दुई मुद्दा हामी निवेदकहरूलाई प्रतिवादी बनाई मुद्दा दायर गर्नु भएकोमा एकै लगावमा रही दुवै मुद्दामा विपक्षीहरूको पिता, ससुरा र हाम्रा पिताहरू अघि नै घरसार मै छुट्टि सकेकोले हामीबाट तायदाती नलिने, विपक्षी विशेश्वर मिनीदेवी हरिलालको हाँगाको हुँदा निजबाट तायदाती माग भई दुवै मुद्दामा विपक्षीहरूबाट तायतादी आई तायदाती बमोजिमको सा.कि.नं. १ समेतको जग्गा विशेश्वरले र मिनीदेवीले पाउने, तर हामी निवेदकको पिता कै पालामा छुट्टी भिन्न भएको हुँदा निजले हामीबाट अंश नपाउने गरी २०६६।१।२४ मा सप्तरी जिल्ला अदालतबाट दुवै मुद्दा एकै दिन फैसला भई अन्तिम भएर बसेको छ । विपक्षी विशेश्वरले फैसलामा उल्लेख भएको जिल्ला सप्तरी, मौजा भलुवा, भगवानपुरको सा.कि.नं. १ को ०–१–११ को घर समेत फैसलामा कित्ता नं. भुलले कि.नं. ३ नं. हुनुपर्नेमा कित्ता नं. १ लेखिन गएकोले फैसला संशोधन गरिपाऊँ भनी दे.नं. १७८५ को अंश मुद्दामा दिएको निवेदनमा सप्तरी जिल्ला अदालतबाट प्रमाण बुझी २०६७।४।२८ मा उक्त जग्गाको कित्ता नं. संशोधन गरी दिने गरी सो मुद्दामा हामीलाई नबुझी आदेश भएको रहेछ । अंश मुद्दाको हामी पनि पक्ष भै हामीबाट अंश