निर्णय नं. २९९४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९९४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/२२ २४७७ निर्णय नं. २९९४ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.फु.नं. ४४ विषय : उत्प्रेषण निवेदक/विपक्षी : शाही नेपाल वायु सेवा निगम प्रधान कार्यालय, काठमाडौ । संचालक समिति,शाही नेपाल वायुसेवा निगम,काठमाडौं। डे.डाइरेक्टर,पर्शनल शाही नेपाल वायुसेवा निगम। विरुद्ध विपक्षी/रिट निवेदक: काठमाडौं नगरपञ्चायत वडा नं. ३२ डिल्लीबजार बस्ने रमेशचन्द्र उपाध्याय आदेश भएको मिति: २०४४।१।२२।३ मा निगमको नियमावलीले खराब आचरण भएको कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सक्ने अधिकार शा.ने.वा.नी. लाई प्रदान गरेकै देखिने । (प्रकरण नं. १६) मिति २०३७।११।५ मा सञ्चालक समितिबाट निर्णय भएपछि सोही निर्णय बमोजिम मिति २०३७।११।९ को पत्रद्वारा जानकारी गराइएकोलाई अघिदेखि हटाएको भन्न नमिल्ने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री दमन ढुंगाना उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।५।२५।६ को निर्णय दोहर्याई पाउँ भनी निवेदकहरूले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई दिनु भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालत फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक शाही नेपाल वायु सेवा निगमको पाइलेटको सेवामा रही सिनियर क्याप्टेनमा रही देश र निगमको हवाई विकासमा योगदान गर्दै आइरहेकोमा विपक्षी नं. २ ले म निदकलाई प.सं.के.डी.एम./पि.डि./सी.एफ. १ आर.डि.क्यू. ५८४५।८१ मिति २०३७।११।१९ को पत्र प्रेषित गरी प्रत्यर्थी निगमद्वारा खराब आचरणको अभियोगमा मिति २०३७।११।५ देखि सेवाबाट हटाउने निर्णयको जानकारी दिनु भएको छ । उक्त पत्रमा त्रिभुवन विमान स्थल भन्सार कार्यालयबाट मुभमेन्ट सहित ३५९ घडी समेत अवैध पैठारी गरेको दोषी ठहर्याई रु. ४०,०१२।– जरिवाना गर्ने गरी निर्णय भएको उल्लेख गरिएको छ । ३. निगमका कर्मचारीको सेवा शर्त सम्बन्धमा शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा २७ अन्तर्र्गत शाही नेपाल वायु सेवा निगमको कर्मचारीहरूको सेवा नियमावली, २०३१ (यसमा यसपछि नियमावली भनिएको) निर्माण गरिएको छ । विपक्षीको पत्रमा म निवेदकलार्ई यो यस कानून अन्तर्गत हटाइएको भनी उल्लेख गर्न नसकेको निर्णय पूर्णतया अवैध छ । आरोपित खराब आचरणको कुन कारण र आधारमा आश्रित छ उल्लेख नभएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको निर्णय अदालतबाट भएको निर्णय होइन । सो निर्णय उपर मेरो पुनरावेदन परी विचाराधीन छ । विवादास्पद निर्णयको असरदायी तुल्याउन सकिन्न । निर्णय हुने बितिक्कै स्वतः सेवाबाट हटिने कानूनी प्रावधानको अभावमा भन्सार कार्यालयको निर्णयको आधारमा सेवाबाट हटाइएको अनाधिकार छ । सुनुवाइको मौका नदिई प्राकृतिक न्याय सिद्धान्त प्रतिकूलको निर्णय बदरभागी छ । सजायँ सम्बन्धमा नियमावलीमा गरिएको बाध्यात्मक कार्यविधिहरूको उपेक्षा गरी अझ प्रतिकूलमा निर्णय गरिएको छ । उचित छानबीन जाँचबुझ गरिएको छैन । नियमावलीको ११.२.१ को प्रकरणमा उल्लिखित खराब आचरणको आधारबाट