निर्णय नं. २९९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/०५ २६३५ निर्णय नं. २९९५ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट फु.नं. ४२ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि. का.न.पं. वडा नं. १० भिमसेनगोला बस्ने नेपु सार्की मरी मु.स. गर्ने निजको छोरा कुमाले अछामी सार्की। ऐ.ऐ मरी मु.स गर्ने निजको छोरा ऐ.ऐ बस्ने लोक बहादुर अछामी सार्की। विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौं। का.जि. का.न.पं. वडा नं.१० बस्ने रत्न बहादुर थापा क्षेत्री । ऐ.ऐ बस्ने चिरंजीवी खत्री। ऐ.ऐ बस्ने प्रेम कुमार वर्मा। ऐ.ऐ बस्ने ललित कुमारी दाहाल। ऐ.ऐ बस्ने हरि न्यौपाने। ऐ.ऐ बस्ने देव श्रेष्ठ। ऐ.ऐ बस्ने कनसेन लामा। आदेश भएको मिति: २०४३।११।५।३ मा न्याय माग्न आउनेले आफ्नो कुरा सबै देखाई आउनु पर्छ तथ्य लुकाई आउनेलाई अदालतले मद्दत गर्न सक्ने हुँदैन । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.हरगोविन्द सिंह प्रधानः श्री ५ महाराजाधिराज सरकरका जुनाफमा न्यायिक समिति मार्फत चढाइएको विन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसुफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. भिमसेनगोला गाउँ पञ्चायत वडा नं. ५(क) कि.नं. २१९, २४४ ऐ.गा.पं. वडा नं. ३ कि.नं. ३५२, ३६९, ३८०, ३८१ समेत जम्मा कित्ता ७ विपक्षी रत्नबहादुरले कुमाले सार्कीसँग भरी पाउने बिगो रु. ९८३।५० मा दावी गरी मिति २०३३।८।२८ मा दर्खास्त दिई जग्गा तायदाती गरी पञ्च कीर्ते मोल समेत तोकी मिति २०३५।७।२४ मा लिलाम हुने मिति तोकेको कुरा थाहा भई कुमाले सार्कीसँग भरी पाउने मेरो निर्विवाद हकको जग्गाबाट भरी पाउने होइन भनी लिलाम रोक्का गरी विपक्षी रत्नबहादुर समेतले मिलेमतो गरी जालसाज गरेकोमा सजायँ गरिपाउँ भनी कानूनको म्यादभित्र का.जि.अ. मा फिराद गरेकोमा कारवाही हुँदा बागमती अञ्चल अदालतले समेत मिति २०३८।५।२५ मा फैसला गरेकोमा उक्त फैसलामा चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान रहेकोले पुनरावेदनको अनुमति पाउँ भनी विपक्षी मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन दिएकोमा मलाई मिति २०३९।८।१८ गते मुद्दा पेश हुने भनी तारिख पर्चामा सहि गराइयो र मलाई दिने पर्चामा समेत मिति २०३९।८।१८ गते पेशी भनी तारिख पर्चामा तोकी दिएको थियो । मिति २०३९।८।१७ गते नै विवाद रहित कानूनी नभएकोले पुनरावेदनको अनुमति प्राप्त हुँदैन भनी निर्णय गरेको रहेछ । ३. निवेदकलाई मिति २०३९।८।१८ गते पेशी तारिख तोकिएकोमा मिति २०३९।८।१७ गते नै मध्यमाञ्चल क्षेत्रीय अदालतबाट टुंगो लगाएकोबाट अ.बं. १८४(क) १८५ को साथै संविधानको धारा ११ को उल्लंघन भई कार्यविधि सम्बन्धी त्रुटि भई मौलिक हक अपहरित हुनुको साथै अ.बं. ५३ नं. विपरीत भएकोले उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी म.क्षे.अ. को आदेश बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ ल