निर्णय नं. २९९६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/१२/०३ २८८९ निर्णय नं. २९९६ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४० सालको दे.फु.नं. ८९ मुद्दा : दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ निवेदक/प्रतिवादी:लुम्बिनी अञ्चल नवलपरासी जिल्ला कावासोती गाउँ पञ्चायत वडा नं. ४ विष्णुपुर बस्ने रामनाथ पराजुली। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. परासी गा.पं. वडा नं. ८ परासी बजार बस्ने हरि केशवलाल दाश। फैसला भएको मिति: २०४३।१२।३।३ मा जालसाजी मुद्दाबाट जबसम्म लिखत बदर मुद्दालाई समेत असर पार्न प्रतिकूल निर्णय हुँदैन तबसम्म लिखत बदर मुद्दाबाट विवादित सट्टापट्टाको लिखत बदर भएको कुरालाई कायमै राखी सो आधारमा जालसाजी सम्ममा दावी नपुग्ने गरेको कुरामा पुनरावेदन नगरेकै आधारमा वादीले चित्त बुझाएको भनी लिखत बदर मुद्दाको फिराद नै खारेज हुने कुरा आउँदैन । (प्रकरण नं. १७) सट्टापट्टा गरी लिएको जग्गा एउटै देखिन आएको वादीले पहिले घरसारमा राजीनामा गरी लिएको जग्गाको राजीनामा पारीत गराई पाउँ भनी मिति २०२६।७।२० मा लिखत पारीत मुद्दाको फिराद अदालतमा परी मुद्दा चल्दाचल्दै सोही जग्गा नै प्रतिवादीले सट्टापट्टा गरी दोहरो पारी लिखत गरी लिएको देखिन आएकोले पछिल्लो लिखत कायम रहन नसकी अघिल्लो लिखत कायम रहने । (प्रकरण नं. १८) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह उल्लेखित मुद्दाःX फैसला न्या.हरगोविन्द सिंह प्रधानः श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४०।५।२० मा हराई फैसला गरेकोले फुल बेञ्चबाट दोहर्‍याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा मुद्दा फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।८।१९ गतेमा लेखि आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. ऐती कुमाल्नीलाई घरसारमा रु. ८,९७५।– बुझाई ऐतिका नाममा दर्ता भएको विष्णुनगर मौजाको १४–८–६ मध्ये कि.नं. ३४ को २–०–० छोडपत्र राजीनामा गरिदिएको पारीत गरी नदिएकोबाट यस अदालतमा फिराद दिएकोमा पारीत नहुने ठहरी फैसला भए पनि मेरो लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परी प.क्षे.अ. समेतबाट मैले जिती पाएको जग्गा भोगचलन गरी आएकोमा हाल उक्त जग्गा सर्भेमा कावास्वती गा.पं. वडा नं. ४(क) नक्शाभित्रको कि.नं. ४९ मा परिणत भई २–३–१८ कायम भएको जग्गालाई विपक्षीले ऐतीसँग मिली सट्टापट्टा गरी भरतपुर भूमिप्रशासन कार्यालय चितवनबाट पारीत गराई दा.खा. समेत गराएकोले उक्त मेरो ऐतिबाट गराई लिएको राजीनामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत जिती पाएको मेरो हक हुन आएको उक्त जग्गा विपक्षीले सट्टापट्टा गरी दा.खा. समेत गराएकोले लिखत सट्टापट्टा र दर्ता बदर गरी मेरो नाममा दा.खा. समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी रहेछ । ३. वादी दावी बमोजिम दर्ता लिखत बदर हुनुपर्ने होइन अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ ले फिरादपत्रमा खुलाउनु पर्ने बाध्यता छ वादीले स्त्री अंश धन र अपुतालीको बोली परे तापनि स्त्री अंश धनको कुन नम्बर र अपुतालीको कुन दफा अन्तर्गत माग गरिएको हो ? सो कुरा