निर्णय नं. २९९७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९९७ - अंश भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/०४ २३६२ निर्णय नं. २९९७ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.फु. नम्बर ७८ मुद्दा : अंश निवेदक/वादी:जिल्ला मोरङ बुधनगर गाँउ पञ्चायत वडा नं. ६ घर भई वीरगन्ज कारागारमा थुनामा परेको अवस्थामा मुत्यु भएको मिठन यादवको मु.स. गर्ने डोमी यादव। विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला मोरङ बुधनगर गा.पं. वडा नं. ६ बस्ने अनुपलाल यादवको मु.स. गर्ने विन्देश्वर यादव। फैसला भएको मिति: २०४४।१।४।६ मा थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न कानूनले नमिल्ने । (प्रकरण नं. १२) क्षेत्रीय अदालतले गरेको इन्साफमा डिभिजन बेञ्चबाट सबूद प्रमाणको मूल्यांकन गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरेको देखिन नआएको डिभिजन बेञ्चको सो बमोजिम गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरी बोल्नु बेगर फुल बेञ्चबाट सो इन्साफमा सबूद प्रमाण मूल्यांकन गरी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी,प्रतिवादी तर्फवाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।४।१५ को निर्णय दोहर्‍याई पाउँ भनी निवेदक डोमी यादवको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम प्रस्तुत मुद्दा दोहराई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. वादी ढोडाइको छोरा मुगालाल निजका छोरा मध्ये जेठा अनुपलाल कान्छा म मिठान यादव ढोडाई मरेपछि ढोडाईको नामको सबै जग्गा मुगालालले निजकै नाममा राखी मुगालाल मरेपछि ढोडाई दर्ताको सबै जग्गा अनुपलालका नाममा नामसारी भई सगोलमा रही भोगी आएका २०११ सालमा दाजु अनुपलाल उपर डाँका खुन मुद्दा लागी अनुपलालले सफाई पाएकोले मैले कसूर गरेको ठहरी फैसला भएको सर्वोच्च अदालतबाट सो फैसला सदर भएपछि तिमीलाई डाँकामा ठहर्‍याई दिएकोले र तिमी फरार भएकोले हामी दुवै भाइले आफ्नो मानो छुट्याई लिएमा हाम्रो धनमालको रक्षा हुन्छ भनी अनुपलालले भन्दा मलै स्वीकार गरी १५–११–१५ विगहा दाजु अनुपलालले चल सम्पत्ति आधी बण्डा गरिदिनु भयो र अचल जग्गाको हुने उब्जा आयस्ताको आधा हिस्सा मैले भोगी आएको यस्तैमा उल्लिखित डाँका खुन मुद्दाको फैसला बमोजिम २०२३ सालमा पक्राउ भई कैदमा बसेको छु । सो पछि मैले पाउने अंश वापतका जग्गा मध्ये ज.क.गा.पं.प्र. कटहरी मौजे बुदनगरेको जग्गा मेरो मन्जूरी बेगर मेरा छोरा डोमी यादवलाई विपक्षले खान निमित्त मौखिक छुट्याई दिएको थियो । सो जग्गा मेरो नाममा नहुँदा जग्गा चलन गर्न पाउँदैन भनी हटक दिएको कुरा थाहा भएपछि मेरो अंशका आधा जग्गा जे गर्नु पर्ने गरी बण्डा गरी दिनु होस् मन्जूरनामा कागज जेलबाट पठाई दिन्छु भनी प्रतिवादीलाई खबर पठाउँदा अब अंश पाउँदैन भनी जवाफ दिएको थाहा पाएकोले फिराद गरेको छु अंश नहुँदै मेरो बाबु मुगालाल परलोक हुनु