निर्णय नं. २९९८ - घरजग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९९८ - घरजग्गा खिचोला भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०२/१५ २६०० निर्णय नं. २९९८ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.फु.नं. ७६ मुद्दा : घरजग्गा खिचोला निवेदक/प्रतिवादी: का.जि. ज्ञानेश्वर बस्ने पोषणनाथ उपाध्याय। ऐ.ऐ बस्ने दामोदर प्रसाद उपाध्याय। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने अम्बिकादेवी उपाध्याय फैसला भएको मिति: २०४४।२।१५।६ मा लुटपिट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन । (प्रकरण नं. १८) प्रतिवादी कायम गरिएकालाई अदालतले झिकाई बयान गराउँदा निजको बयान समेतबाट निजलाई कारणी सरहदेखि प्रतिवादी कायम गरेको अ.बं. १३९ ले मिल्ने । (प्रकरण नं. १८) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल, विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ, विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता,श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.रुद्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३८।६।२ को फैसला दोहर्याई पाउँ भनी दामोदरप्रसाद उपाध्याय समेतको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र परेकोमा उक्त मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. का.जि. वानेश्वरको बुना महारानीको क्याम्प मध्ये पूर्व बासुदेव शम्शेरको विर्ता र बुना महारानीको पर्खाल साँध र वहाँकै बंगाला घरदेखि दक्षिण १७ फिट पूर्व वहाँकै जेठा छोरा मेहर शम्शेरको विर्ताको साँध, पश्चिम मूल सडक, उत्तर गुजेश्वरीको रथ लग्ने बाटो यति ४ किल्लाभित्रको विर्ता जग्गा रोपनी ७ र त्यसैमा बनेको उत्तर दक्षिण लङको दक्षिण मोहडाको ल.फु. ४२ ग.फु. २१।। को १ तले बंगला भुइँ घर १ र मेहर शम्शेरको घरको किलास गारोमा जोडिएको पुरानो उत्तर दक्षिण लङको पश्चिम मोहडाको ल.फु.३९ ग.फु. १४ को १ नाले २ तले घर सो घरहरूले चर्चेको लिग लगापात समेतको उक्त घरजग्गा समेत रु. १६,१०१।– मा २००७।४।२८।४ मा बुना महारानीबाट फार्छे गरी लिई भोगी आएको बंगला भुइँ घरलाई किलास समेत थपी बसी आएकोमा उक्त पुरानो भई वारदली र झ्याल ढोका फेर्ने गाह्रो समेत मर्मत गर्ने हुँदा सामान ल्याई राखेकोमा उक्त घर २०२०।२।१७ का दिन अं. १० बजे विपक्षीहरूका मानिस समेत आई पोषणनाथको घर उत्तरपट्टिको गारो फोरी मेरो बारीमा आउन हुने गरी ढोका झिक्न लागेको र पोषणनाथको घर पश्चिमपट्टीको सडक पश्चिम हकभोगको जग्गामा पर्खाल भत्काई किन यसो गरेको भन्दा जे गर्छस गर भनी जवाफ दिएकोले उक्त घरजग्गा रोपनी १ सो घरमा रहेको बिगो रु २,६४०।– भराई रु. १५,०००।– पर्ने घर जग्गाको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दावी रहेछ । ३. उक्त वादी दावीको घरजग्गा र ग्यारेज वादीको होइन । घरधनी पोषणनाथकै हक भई २०११ सालसम्म वहाँले र पछि आजसम्म खिचोला नभई भोगी आएको छु । २०११ सालमै पोषणनाथको आज्ञा बमोजिम मर्मत गरी सकेको र साविककै ठाउँमा पर्खाल बनाएको