निर्णय नं. ३००१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३००१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०८/०१ २५४१ निर्णय नं. ३००१ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. २३८९ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. झापा काकरभित्ता गा.पं. वार्ड नं. १ बस्ने भाउनिय धिमाल। विरुद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय, झापा। जि.झापा काकरभित्ता गा.पं. वार्ड नं.१ बस्ने उजूर बहादुर पाण्डे। ऐ अर्जुनधारा गा.पं. वार्ड नं. २ बस्ने सोमनाथ कटेल। ऐ.काकरभित्ता गा.पं. वार्ड नं.२ बस्ने नर नारायण चौलागाई। ऐ.ऐ बस्ने खेमनाथ नेपाल। आदेश भएको मिति: २०४३।८।१।१ मा निवेदकको आचरणबाट नै निवेदकले विवादित जग्गा आफ्नो हक परित्याग गरी अरुलाई नै भोग्न दिएको देखिएकोले विवादित जग्गामा रिट निवेदकको पिताको मृत्यु पश्चात रिट निवेदकले मोहीको हैसियतले जोतभोग गरेको प्रमाण पेश गर्न नसकेको र उमेशचन्द्र थापाका नामको भर्पाईबाट वादीका नाममा मोही नामसारी हुन नसक्ने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. जि. झापा साविक नेकलवन्दा गा.पं. वार्ड नं. १ को कि.नं. १४६ को ज.वि. ०–१९–१०, कि.नं. २१८ को ज.वि. ०–३–३ कि.नं. २२० को ज.वि. ०–१–१५ कि.नं. २३६ को ज.वि. ०–१–५ र कि.नं. २५४ को ज.वि. १–१४–५ समेत जम्मा ज.वि. ३–०–० जग्गाको साविक जग्गाधनी श्री सौभाग्य शमशेर र सर्वज्ञ शमशेर ज.ब.रा र मोही म निवेदकका पिता लाटा धिमाल हुनु भई कमाई आएकोमा म निवेदकका पिता ०३२ सालमा आफ्ना कालगतिले परलोक हुनु भयो उहाँको निधन पश्चात आमा तोरी सोरी र हामी ३ दाजु भाइले कमाई भोगी आएका छौं । हामीहरूको घरमा काम गर्न खेती पाती चलाउन भनी राखेको उमेशचन्द्र थापा मगर मार्फत जग्गाधनीलाई बाली बुझाई आएका थियौं । साविक जग्गाधनीहरूबाट खरीद गरी लिने विपक्षीहरूलाई पनि बाली बुझाई भर्पाई लिई आएका थियौं खिचोला थिएन । ३. म निवेदकका परिवारले लगाएको ०४१ सालको बालीमा र उक्त मोहियानी हकको जग्गामा समेत विपक्षीहरूले खिचोला गर्नु भएकाले मोही बेदखली गरेमा सजायँ गरी मोही नामसारी गरी जोताहाको स्थायी प्रमाणपत्र पाउँ भनी विपक्षी भू.सु.का. झापामा उजूरी परेपछि जोताउन राखेको उमेशचन्द्र थापा मार्फत बाली बुझाई आएको भन्ने दावी छ तर निज थापाले आफ्नै जोतको भनी मोहियानी कायम गरिपाउन भ.सु.का. झापामा उजूर गर्नु भएको थियो र सो उजूरीको आधारमा मोही कायम गर्न नमिल्ने भनी उक्त कार्यालयबाट फैसला भएपछि सर्वोच्च अदालतमा रिट परेकोमा खारेज हुने ठहरी फैसला भएको छ, झापा जिल्ला अदालतमा निज उमेशचन्द्र थापाका नाउँमा जग्गा खिचोला मुद्दाको फिराद परेकोमा खिचोला ठहरी निर्णय अन्तिम भइबसेको छ जताततैबाट मुद्दा हारेपछि यो प्रस्तुत केशको उजूरवालालाई उक्साई झुठ्ठा उजूर गरेको हुन् भन्ने सोमनाथ कटेल र नरनारायण चौलागाईको संयुक्त प्रतिउत्तर परेको र विपक्ष खेमलाल नेपाल र उजूरबहादुरको प्रतिवाद नै नपरेको प्रस्तुत मुद्दामा विपक्षी भूमिसुधार कार्यालय झापाले वादी उल्लेखित जग्गा जोतभोग गरेको प्रमाण पेश गर्न नसकेको र मोही हक प्रा